Saturday 18th May 2024

खानै पर्दैन, छायाँमा बस्दा पनि फाइदा हुने निमका यी आठ फाइदाहरु

5 years अगाडी

निम बहुउपयोगी वृक्ष हो। यसको छायाँमा बस्दा वा नजिक रहँदा मात्र पनि धेरे रोग ठीक हुन्छ। यहाँ निमको पातलाई प्रयोग गर्ने तरिका र फाइदाबारे उल्लेख गरिएको छ-

– निमको पात दहीसँग पिसेर दादमा लगाउँदा फाइदा मिल्छ।

– निमको सेवन रक्त शुद्धि, छालाका समस्या आदिमा उपयोगी हुन्छ।

– निमको सुकेको पात अन्न वा भकारीमा राख्दा कीरा लाग्दैन।

– निमको तेलले निधारमा मालिस गर्दा टाउको दुखाइ ठीक हुन्छ।

– निमको ९-१० वटा कलिलो पात घिउमा भुटेर खाँदा अरुचि कम हुन्छ।

– निम, तुलसी, गुर्जी, ल्वाङ र सिधे नुन पानीमा पकाएर खाँदा ज्वरोबाट राहत पाइन्छ।

– निमको पात हालेर पकाइएको पानीले स्नान गरेर छालाका रोगीले लाभ प्राप्त गर्न सक्छन्।

– निमको सुकेको पातको धुप जलाउँदा लामखुट्टे तथा अन्य जीव टाढा भाग्छन् भने निद्रा पनि राम्रो लाग्छ।

          July 30, 2019 10:08 am | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...