Sunday 5th May 2024

साउदि अरब श्रम बेच्न हिडेका न्यौपाने कहिले नफर्कने गरि उतै अस्ताय ।

5 years अगाडी

देशमा बढ्दो बेरोजगारीका कारण हजारौं नेपाली युवाहरु दिनानुदिन विदेश पलायन हुने  क्रम रोकिएको छैन । विशेषगरी खाडी मुलुक र मलेसिया छिरेका अधिकांश नेपाली श्रमिकहरु अनेक कठिनाइ र पिडा सहन बाध्य छन् भने वार्षिक सयौंको संख्यामा नेपाली कामदारहरुको सव काठको बाकसमा त्रिभुवन विमानस्थलमा अवतरण भइरहेको तितो यथार्थ पनि नेपालीहरुको सामु लुकेको छैन ।

सुनौलो भविष्यको सपना देखि खाडी छिरेका कतिपय नेपालीहरुको सपना मिर्मिरे बिहानि नहुदै बिलाएर जाने गरेका छन् । यस्तै दुर्भाग्यशालि यूवा मध्य एक हुन सिन्धुपाल्चोक स्थाइ घर भएका अमित न्यौपाने । चार बर्ष पहिले कमाउला, जमौला र भविष्यमा रमाउला भन्ने सपना बोकि साउदि छिरेका न्यौपाने अब कहिले घर नफर्कने गरि साउदी मै अस्ताउन पुगेका छन् ।

रबाबि होल्डिङ कम्पनीमा कार्यलाय सहायकका रुपमा कार्यरत २६ बर्षिय न्यौपानेको गत २० जुलाई, २०१९ शनिबार हृिदयघातका कारण दुखद अवसान भएको हो । साप्ताहि छुट्टिका दिन सरसफाइ गर्न दिउँसो अफिस पुगेका अमित एक्कासि छाति दुख्यो भनी अफिस सेक्रेटरीलाई टेलिफोनबाट जानकारी गराएका थिए । “म अफिस पुग्दा उनी छटपटाइ रहेका थिए र मैले गाडिमा राखि अस्पताल लैजादै गर्दा अस्पताल नपुग्दै उनिको सास रोकिएको थियोे”, फिल्पिनो अफिस सेक्रेटरी क्रीस्टोफर बुसाले टोलिफोन सम्वादमा जानकारी गराए । करिव आधा घण्टा चेकजाँच गरि अपरान्ह ४:४५ बजे साउदि अरबको रियाद स्थित ओबेद स्पेसलाईज्ड अस्पतालमाले न्यौपानेलाई आधिकारिक रुपमा मृत घोषणा गरेको थियो ।

मृतक न्यौपानेका बुबासँग समाचार पंक्तिकारद्वारा नेपाल टेलिफोन सम्पर्क घटनाको अर्को दिन गरि अवगत गराइएको छ भने नेपाली राजदूतावास रियाद साउदि अरबलाई घटना बारे आधिकारिक जानकारी गराइएको छ । दूतावासका द्वितीय सचिवको नियमित सम्वाद, सम्पर्क र सुझाव अनुसार कम्पनीले सवलाइ नेपाल फिर्ताका लागि आवश्यक प्रक्रिया चालिरहेकोछ ।

          July 30, 2019 11:17 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...