साउदि अरब श्रम बेच्न हिडेका न्यौपाने कहिले नफर्कने गरि उतै अस्ताय ।
देशमा बढ्दो बेरोजगारीका कारण हजारौं नेपाली युवाहरु दिनानुदिन विदेश पलायन हुने क्रम रोकिएको छैन । विशेषगरी खाडी मुलुक र मलेसिया छिरेका अधिकांश नेपाली श्रमिकहरु अनेक कठिनाइ र पिडा सहन बाध्य छन् भने वार्षिक सयौंको संख्यामा नेपाली कामदारहरुको सव काठको बाकसमा त्रिभुवन विमानस्थलमा अवतरण भइरहेको तितो यथार्थ पनि नेपालीहरुको सामु लुकेको छैन ।
सुनौलो भविष्यको सपना देखि खाडी छिरेका कतिपय नेपालीहरुको सपना मिर्मिरे बिहानि नहुदै बिलाएर जाने गरेका छन् । यस्तै दुर्भाग्यशालि यूवा मध्य एक हुन सिन्धुपाल्चोक स्थाइ घर भएका अमित न्यौपाने । चार बर्ष पहिले कमाउला, जमौला र भविष्यमा रमाउला भन्ने सपना बोकि साउदि छिरेका न्यौपाने अब कहिले घर नफर्कने गरि साउदी मै अस्ताउन पुगेका छन् ।
रबाबि होल्डिङ कम्पनीमा कार्यलाय सहायकका रुपमा कार्यरत २६ बर्षिय न्यौपानेको गत २० जुलाई, २०१९ शनिबार हृिदयघातका कारण दुखद अवसान भएको हो । साप्ताहि छुट्टिका दिन सरसफाइ गर्न दिउँसो अफिस पुगेका अमित एक्कासि छाति दुख्यो भनी अफिस सेक्रेटरीलाई टेलिफोनबाट जानकारी गराएका थिए । “म अफिस पुग्दा उनी छटपटाइ रहेका थिए र मैले गाडिमा राखि अस्पताल लैजादै गर्दा अस्पताल नपुग्दै उनिको सास रोकिएको थियोे”, फिल्पिनो अफिस सेक्रेटरी क्रीस्टोफर बुसाले टोलिफोन सम्वादमा जानकारी गराए । करिव आधा घण्टा चेकजाँच गरि अपरान्ह ४:४५ बजे साउदि अरबको रियाद स्थित ओबेद स्पेसलाईज्ड अस्पतालमाले न्यौपानेलाई आधिकारिक रुपमा मृत घोषणा गरेको थियो ।
मृतक न्यौपानेका बुबासँग समाचार पंक्तिकारद्वारा नेपाल टेलिफोन सम्पर्क घटनाको अर्को दिन गरि अवगत गराइएको छ भने नेपाली राजदूतावास रियाद साउदि अरबलाई घटना बारे आधिकारिक जानकारी गराइएको छ । दूतावासका द्वितीय सचिवको नियमित सम्वाद, सम्पर्क र सुझाव अनुसार कम्पनीले सवलाइ नेपाल फिर्ताका लागि आवश्यक प्रक्रिया चालिरहेकोछ ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन