बिश्वकर्मा हेल्पिङ्ग हेन्ड अराउन्ड द वल्र्ड कुवेतले गर्यो नेपाली चेलीको उद्वार
कुवेत – बिश्वकर्मा हेल्पिङ्ग हेन्ड अराउन्ड द वल्र्ड कुवेतले एक चेलीको उद्वार गरेको छ ।कुवेत अवस्थित अल आदन हस्पिटलमा बिगत एक बर्ष देखि आफ्नो जन्मभूमि नेपाल फिर्ता हुन पाउ भन्दै आदन हस्पिटलमा उपचाराथ रहेकि नेपाल बागलुङ जिल्ला ढाेरपाटन नगरपालिका १ बुर्तिबाङ्ग बर्ष ३९ कि हिरा परियारको उद्वार गरियको बिश्वकर्मा हेन्पिङ्ग हेन्ड अराउन्ड द वल्र्डका संयोजक नवल खड्काथोकीले जानकारी गराएका छन् ।
अल आदन हस्पिटलमा एक बर्ष देखि हिरा परियार प्यार्लाइसिस बिमारी बाट ग्रसित भएको हिरा परियार का आफन्त बल्लु परियारले बिश्वकर्मा हेल्पिङ्ग हेन्ड कुवेतलाई जानकारी गराए लगतै संस्थाका संस्थापक कृष्ण गहतराज संग समन्वय गरि सँस्थाका उप सम्योजक अमित गौतमले ठुलो भुमिका निर्वाह गर्दै नेपाल राजदुतावास कुवेत संग समन्वय गरि हिरा परियाको नेपाल फिर्ताको निम्ति आवश्यक कागजिय प्राकिया एवम् हस्पिटलमा लागेको आर्थिक कुवेती डिनर ४२०० सय तथा नेपाली १५२०००० / अक्षरुपी पन्द्रह लाख बीस हजार मिनाह गरि नेपाल फिर्ता गर्न नेपाल राजदुतावास कुवेतका कर्मचारी सिराज तथा मनोज सिंहले आफ्नो महत्त्वपूर्ण जिम्मेवारी पुर्ण रुपमा निर्वाह गरिदिनु भएकोमा बिश्वकर्मा हेल्पिङ हेन्ड अराउन्ड द वल्र्ड कुवेतले हार्दिक आभार ब्याक्त गरेको छ ।
संस्थाले समाजसेवी रुपेन हमालले हिरा परियारको निम्ति स्पेशल ह्विल चियर व्यवस्था गरिदिएको र नेपाल सम्म पुर्याइ दिन सहयोग गरेकोमा बम बिष्ट विशेष धन्यवाद ब्यक्त गरेको छ । हिरा परियारलाई नेपाल फिर्ताको निम्ति टिकट एक थान मोबाइल साथमा १०००० दश हजार रुपैया साथै अन्य खर्च शोएम बिश्वकर्मा हेल्पिङ्ग हेन्डले नै उपलब्ध गरायको सस्थाका बरिस्ठ सल्लाहकार केबि बिश्वकर्म गौतमले बताए । प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याइदिनु हुने सम्पुर्ण कुवेतवासी नेपाली दाजुभाइ दिदिबहिनीहरुमा बिश्वकर्मा हेल्पिङ्ग हेन्ड अराउन्ड वल्र्ड सस्था कुवेतले हार्दिक धन्यवाद ब्याक्त गरेको छ ।
August 9, 2019 10:46 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन