गैर आवसीय नेपाली संघ कुवेतको २ बर्षे कार्ययोजना सहित पहिलो बैठक सम्पन्न
कुवेत – गैर आवसीय नेपाली संघ कुवेतको २ बर्षे कार्ययोजना सहित पहिलो बैठक सम्पन्न भएको छ। गत शुक्रवार मालियाको एसिया एसिया होटेलको सभाहलमा गैर आवसीय नेपाली संघ कुवेतको छैठौं अधिवेशन बाट बनेको नयाँ कार्यसमितिको पहिलो बैठकमा विभिन्न बिभागीय समिति गठन गर्नुका साथै २ बर्षे कार्ययोजना सहित पहिलो बैठक सम्पन्न भएको हो ।
गैर आवसीय नेपाली संघ कुवेतका नवनिर्वाचित अध्यक्ष सुजन केसीको अध्यक्षतामा सम्पन्न पहिलो बैठकमा आइसीसी कोर्डीनेटर अमित चामलिंग राई ,निर्वाचन समिति लगायत नवनिर्वाचित कार्यसमितिका पदाधिकारी हरुको उपस्थित रहेको थियो।
संघको पहिलो बैठकमा संरक्षकमा राजेन्द्र तामाङ,शुमित्रा देवि पौडेल ,अर्जुन तामाङ चयन भएका छन भने बरिष्ट सल्लाहकारमा शिब प्रसाद कोईराल,राम बहादुर लामा र सल्लाहकारमा जय बहादुर आले ,आनन्द आचार्य , नैनाकाला राई प्रबक्तामा गणेश बहादुर रावत राहतकोष संयोजक हरि लावति बैदेशिक रोजगार बिभाग संयोजक उमेश पुडासैनी सामुहिक लगानी संयोजक रानाधोज लामा र कार्यसमिति सदस्यमा हर्क बहादुर गुरुङ , भुपेन्द्र सारु,सम्झना गुरुङ मनोनित भएका छन् ।
गैर आवसीय नेपाली संघ कुवेतको २०१९ -२०२१ को सात बुँदे कार्ययोजना यस्तो रहेको छ ।
१-गैरआवसिय नेपाली संघ कुवेले २०१९/२१ को कार्यकालमा नेपालको दुर्गम क्षेत्रमा शिक्षामा एक र स्वास्थ्यमा एक योजना दिने ।
२-कुवेतमा रहेका नेपाली कामदारहरु बिच स्वास्थ्य र श्रम तथा कानुन सम्बन्धि सचेतना मुलक कार्यक्रमको आयोजना गर्ने ।
३-कुबेतमा रहेका नेपाली श्रमिकहरुका समस्या लिएर श्रम तथा रोजगार मन्त्रालयमा डेलिगेशन जाने ।
४-कुवेतमा रहेका नेपालीहरुलाई समेटि (क) खेलकुद (ख) भाषा साहित्य (ग) संस्कृतिक कार्यक्रम संचालन गर्ने ।
५-एनआरएन, नेपाली दुताबास र नेपाली समुदाय सँग सम्वनय गरि भिसिट नेपाल २०२० मनाउने ।
६ -परराष्ट्र र श्रम मन्त्रिलाई उपस्थित गराई मध्यपुर्वा सम्मेलन कुवेतमा आयोजना गर्ने
७-कुवेतमा रहेका नेपालीहरुलाई समेटी नेपालमा सामुहिक लगानी गर्ने ।
महासचिब दिल कुमार पाख्रिनले बैठक संचालन गरेका थिए भने अध्यक्ष सुजन केसिले नव निर्वाचितल टिमलाई बधाई तथा शुभकामन दिदै पेश गरेको साथबुदे कार्ययोजना सर्व सहमतिम पास भएको थियो । आसिसि अमित राईले नयाँ सदस्त तथा पदाधिकारिहरुलाइ एनआरएनको बारेमा बताउँदै बिगतमा के कसरी काम भएको थियो भन्ने प्रष्ट पारेका थिए ।निर्वाचन समितिले निर्वाचनको सबै हिसाब किताब कार्य समितिलाइ हस्तान्त्रण गरेको थियो । यसरिनै पुरानो कार्य समितिले नयाँ कार्य समितिलाइ आर्थिक हिसाब किताब तथा कागजात बुझाएको थियो ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन