मोना कुवेतद्वारा आयोजित भलिबल प्रतियोगिताको उपाधी इन्डियन टिमले हात पार्यो
कुवेत -‘इद अल अधा’ को शुभ अवसरमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतद्वारा आयोजित खुला पुरुष भलिबल प्रतियोगिताको उपाधी इन्डियन टिमले हात पार्न सफल भएको छ । कुवेतको माबुल्ला स्थित खेल मैदानमा ११ अगष्ट देखि संचालन भएको खुला पुरुष भलिबल प्रतियोगितामा इन्डियन टिमले गण्डकी प्रदेशलाई पराजित गरि प्रथम पुरस्कार नगद १०१ कुवेती दिनार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यसैगरी गण्डकी प्रदेश ‘ए’ ले द्वितीय पुरस्कार नगद ६१ कुवेती दिनार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।
गण्डकी प्रदेश ‘ए’ का खेलाडी दिपेन शारुमगरले उत्कृष्ट खेलाडी पुरस्कार ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भएका छन । मोना कुवेतद्वारा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिए । पहिलो चरणको खेलमा गण्डकी प्रदेश ‘ए’ ले मोना कुवेत ‘सि’ लाई पराजित गरेको थियो । मोना कुवेत ‘बि’ ले नेपाल कुवेत सरोकार समाज कुवेतलाई पराजित गरेको थियो । मोना कुवेतले ‘ए’ ले मोना कुवेत ‘दि’ लाई सोझो सेटमा पराजित गरेको थियो । नवलपरासीलाई सोलबियाले पराजित गरेको थियो । बिजेपीलाई इन्डियनले सोझो सेटमा पराजित गरेको थियो । कल्याणकारी नेपाली युवा समाज नेपाल कुवेतले बागलुङ सेवा समाज कुवेतलाई पराजित गरेको थियो । तनहुँलाई नेपाल टिम माबुल्लाले पराजित गरेको थियो । भने गण्डकी प्रदेश ‘बि’ लाई सोइवाले पराजित गरेको थियो ।
त्यसैगरी क्वाटर फाइनलमा गण्डकी प्रदेश ‘ए’ ले मोना ‘बि’ लाई पराजित गरेको थियो । मोना कुवेत ‘ए’ ले सोलबियालाई पराजित गरेको थियो । इन्डियन टिमले कल्याणकारी नेपाली युवा समाज कुवेतलाई पराजित गरेको थियो । भने नेपाल टिम माबुल्लाले सोइवालाई पराजित गरेको थियो ।
सेमिफाइनल खेलमा इन्डियनले नेपाल टिम माबुल्लालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । भने गण्डकी प्रदेश ‘ए’ ले मोना कुवेत ‘ए’ लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । छेलो प्रतियोगीतामा दिपेन्द्र गौतम प्रथम भएका थिए भने रन रसाइली द्वितीय भएका थिए । छेलो प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई नगद र प्रमाणपत्र पुरस्कार दिइएको थियो । भने केही सस्था र ब्याक्तित्वलाई समेत खादा लगाइ सम्मान पत्र सहित सम्मान गरेको थियो ।
August 13, 2019 6:04 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन