दृष्टिबिहीन विद्यार्थीलाई शैक्षिक सामाग्री, डाेलेलाई सोलार
गरामनी- अन्तर्राष्ट्रिय युवा दिवस तथा इदको अवसरमा दुर्गा मावि बिर्तामोड-९ गरामुनिका दृष्टिबिहीन विद्यार्थीलाई नि:शुल्क शैक्षिक सामग्री वितरण गरिएको छ । उक्त एरियामा क्रियाशिल विविन्न बाल क्लबहरुको संयुक्त पहलमा दृष्टिविहीन विध्यार्थीहरुलाई कापीकलम, अभ्यास पुस्तिकाका साथै फलफूल वितरण गरिएको सोही एरियाका सामाजिक अभियन्ता माइनसप्लस संग्रौलाले जानकारी दिएका छन् ।यो अभियानमा दुर्गा बाल क्लब, सिर्जनशील बाल क्लब, उज्यालो मनकामना बाल क्लब, उज्यालो दुर्गा बाल क्लबले साउन २७ गते सोमबार एक कार्यक्रम गरी उक्त सामग्री वितरण गरेका हुन् ।
कार्यक्रमको प्रमुख अतिथि विर्तामोड नगरपालिकाका उपप्रमुख पबित्र महतारा प्रसाई रहेकी थिइन् भने विशेष अतिथिमा बिनपा-९ की वडाध्यक्ष पवित्रा पाठक उपस्थित भएकी थिइन् । त्यसैगरी अतिथिहरुमा राजेन्द्र लिङ्गदेन, प्रअ कृष्णप्रसाद पाठक, देवराज कार्की, प्रकाश संग्रौला,मनिष न्याउपाने,प्रदीप कुमार संग्रौला, रोहित ओली, अविरल कृष्ण खरेल, लिलाप्रसाद चौधरी, उमानाथ भन्डारी लगायत स्थानीय बासिन्दाहरुको उपस्थिति थियो ।
शैक्षिक सामग्री वितरण कार्यलाई सफल बनाएकोमा सम्पुर्ण अतिथिहरु लगायत विभिन्न बाल क्लबका सदस्यहरुलाई दुर्गा बाल क्लबका अध्यक्ष प्रकाश संग्रौलाले आभार व्यक्त गरेका थिए ।
डाेले आवासमा सोलार विर्तामोड-९ गरामनी क्षेत्रमा अशक्त भएर बसेको डाेले राजवंशीको घरमा विर्तामोड नगरपालिकाले सोलार जडान गरिदिएको छ ।शारीरिक रुपमा विकलांग डाेलेकी आमा पनि बनिबुतो गर्न नसके पछि उक्त परिवार पानी चुहिने छाप्रोमा बस्न विवश थियो । आमाछोराको बिजोग देख्न नसकी स्थानीय युवाहरुको समुहले चन्दा संकलन गरेर गत चैतमा २ कोठाको पक्की घर बनाइदिएका थिए ।घर निर्माणमा पनि २० हजार रुपैयाँ सहयोग गरेको विर्तामोड नगरपालिकाले यसपालि सोलार बत्ती जडान गरिदिएको विर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतरा प्रसाइले जानकारी दिइन् । नगरपालिकाको सहयोगले डाेले आवास झलमल्ल भएको डाेले आवास निर्माण समितिका अध्यक्ष प्रकाश बुढाथोकीले बताएका छन् ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन