Saturday 4th May 2024

साउदीमा विशेष प्रदर्शित चलचित्र सायाबुङ्गको आय-व्यय सार्वजनिक |

5 years अगाडी

किंरात संस्कृतिको पृष्ठभूमिमा निर्मित उक्त चलचित्र ईस्लामिक पर्व ईद उल अधाको अवसर पारेर साउदीको पूर्वी प्रान्त दम्मामको अल-खोबर स्थित क्लांसिक रेष्टुरेन्टमा बोनम्यारोको बिरामी शान्ति राईको उपचारको सहयोगार्थ किराँत यायोक्खा साउदी शाखाले एक दिने प्रदर्शन गरेका थिए | किराँत यायोक्खा साउदी शाखाले सोहि रेष्टुरेन्टको सभाहलमा १६ अगस्ट २०१९ का दिन एक पत्रकार सम्मेलन गरी उक्त प्रदर्शित चलचित्रको आय व्यय सार्बजनिक गरेका छन् |

उक्त पत्रकार सम्मेलनमा साउदीको पूर्वी क्षेत्रमा रहेका विभिन्न संघ संस्थाको प्रतिनिधित्व गर्दै प्रतिनिधिहरु, बुद्धिजीवीहरु, समाजसेवीहरु तथा व्यवसायीहरुको साथमा विभिन्न संचार क्षेत्रमा आबद्ध संचारकर्मी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो | उक्त कार्यक्रममा उपस्थित रहेका मध्ये केहीले उक्त चलचित्रको विषयमा आ-आफ्नो धारणा राखेका थिए |

महिलाहरुको लागि ५० प्रतिशत छुट दिएर टिकट वितरण गरिएको टिकटको वास्तविक मूल्य ५०/- साउदी रियाल तोकिएको थियो भने कुल १३०७५ /- को टिकट बिक्री भएको थियो | उक्त चलचित्र प्रदर्शनको लागी कुल ३५१०/- साउदी रियाल खर्च भएको आयोजकले बताए |

बोनम्यारोको बिरामी शान्ति राईको उपचारको सहयोगार्थ प्रदर्शित चलचित्रबाट उठेको रकम बाट खर्च कटाएर बचेको कुल रकमको ५० प्रतिशत सम्बन्धित बिरामीलाई हस्तान्तरण गर्ने र ५० प्रतिशत चलचित्र निर्माता समुहलाई बुझाउने किराँत यायोक्खाको पुर्व निर्णय रहेकोमा सह-निर्माता श्री यावा लिम्बुले निर्माताले ४० प्रतिशत मात्र लिने र १० प्रतिशत किराँत यायोक्खाको कोषलाई दिने उद्घोष गरेका थिए |

अन्त्यमा किराँत यायोक्खाका का.वा. अध्यक्ष चित्र कुमार राईले उक्त कार्यक्रम सफल बनाउन प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग गरेका सबैलाई धन्यवाद दिंदै कार्यक्रम समापनको घोषणा गरेका थिए भने उक्त कर्यम्लाई पुस्ता चाम्लिङ राईले संचालन गरेका थिए |

          August 18, 2019 10:51 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...