साउदीमा विशेष प्रदर्शित चलचित्र सायाबुङ्गको आय-व्यय सार्वजनिक |
किंरात संस्कृतिको पृष्ठभूमिमा निर्मित उक्त चलचित्र ईस्लामिक पर्व ईद उल अधाको अवसर पारेर साउदीको पूर्वी प्रान्त दम्मामको अल-खोबर स्थित क्लांसिक रेष्टुरेन्टमा बोनम्यारोको बिरामी शान्ति राईको उपचारको सहयोगार्थ किराँत यायोक्खा साउदी शाखाले एक दिने प्रदर्शन गरेका थिए | किराँत यायोक्खा साउदी शाखाले सोहि रेष्टुरेन्टको सभाहलमा १६ अगस्ट २०१९ का दिन एक पत्रकार सम्मेलन गरी उक्त प्रदर्शित चलचित्रको आय व्यय सार्बजनिक गरेका छन् |
उक्त पत्रकार सम्मेलनमा साउदीको पूर्वी क्षेत्रमा रहेका विभिन्न संघ संस्थाको प्रतिनिधित्व गर्दै प्रतिनिधिहरु, बुद्धिजीवीहरु, समाजसेवीहरु तथा व्यवसायीहरुको साथमा विभिन्न संचार क्षेत्रमा आबद्ध संचारकर्मी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो | उक्त कार्यक्रममा उपस्थित रहेका मध्ये केहीले उक्त चलचित्रको विषयमा आ-आफ्नो धारणा राखेका थिए |
महिलाहरुको लागि ५० प्रतिशत छुट दिएर टिकट वितरण गरिएको टिकटको वास्तविक मूल्य ५०/- साउदी रियाल तोकिएको थियो भने कुल १३०७५ /- को टिकट बिक्री भएको थियो | उक्त चलचित्र प्रदर्शनको लागी कुल ३५१०/- साउदी रियाल खर्च भएको आयोजकले बताए |
बोनम्यारोको बिरामी शान्ति राईको उपचारको सहयोगार्थ प्रदर्शित चलचित्रबाट उठेको रकम बाट खर्च कटाएर बचेको कुल रकमको ५० प्रतिशत सम्बन्धित बिरामीलाई हस्तान्तरण गर्ने र ५० प्रतिशत चलचित्र निर्माता समुहलाई बुझाउने किराँत यायोक्खाको पुर्व निर्णय रहेकोमा सह-निर्माता श्री यावा लिम्बुले निर्माताले ४० प्रतिशत मात्र लिने र १० प्रतिशत किराँत यायोक्खाको कोषलाई दिने उद्घोष गरेका थिए |
अन्त्यमा किराँत यायोक्खाका का.वा. अध्यक्ष चित्र कुमार राईले उक्त कार्यक्रम सफल बनाउन प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग गरेका सबैलाई धन्यवाद दिंदै कार्यक्रम समापनको घोषणा गरेका थिए भने उक्त कर्यम्लाई पुस्ता चाम्लिङ राईले संचालन गरेका थिए |

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन