युएई बाट एनआरएनएको अभियनमा हुमियका मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ को उमेद्वारी मध्यपूर्व संयोजकमा
युएई – आगामी अक्टोबर १३ देखि १६ गतेसम्म काठमाडौंमा हुन लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनका लागि युएई बाट एनआरएनएको अभियनमा हुमियका मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ ले आफ्नो उमेद्वारी मध्यपूर्व संयोजकमा दिने घोषणा गरेका छन् ।
साधारण सदस्य हुँदै एनआरएन अभियानमा लागेका गोर्खाली अहिले आईसीसी सदस्यको जिम्मेवारी निर्वाह गरिरहेका छन् । उनले मध्यपूर्वमा कार्यरत नेपालीहरूको समस्यालाई मध्यनजर गर्दै उनीहरूको लागि कार्ययोजना ल्याउने आफ्नो तयारी रहेको बताएका छन् । वैदेशिक रोजगारीका लागि मध्यपूर्वी देशहरूमा कार्यरत नेपाली कामदारले भोग्दै आएको विविध समस्या समाधान गर्न गैरआवासीय नेपाली संघले अहिलेसम्म खेल्दै आएका समन्वयात्मक भूमिकालाई थप व्यवस्थित बनाउन आफुले उमेद्वारी दिएको उनको दाबी छ ।
मध्यपूर्वमा कामदारका धेरै समस्यामात्रै भनियो तर दीर्घकालीन समाधान गरिएन त्यसैले अब दीर्घकालीन रूपमा नै समस्या न्यूनीकरण गर्ने लक्ष्यसहित यसपालिको निर्वाचनमा क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिएको उनको दावी छ । मध्यपूर्वका श्रमिकको हकहित र अधिकारका लागि विशेष योजना बनाएर नै काम गर्ने उनले बताए । यसको अलवा संघका तत्कालीन मध्यपूर्व संयोजक तथा हालका सचिव डिबी क्षेत्रीको पहलमा थालनी भएको ‘हजारे अभियान’ लाई मुर्तरुपको लागि निरन्तरता दिने र सिन्धुलीमा निर्माणधीन ‘सिन्धुली गढी’ प्रोजेक्ट सम्पन्न गर्न सक्रिय भूमिका खेल्ने योजना पनि गोर्खालीको प्राथमिकतामा छन् । मध्यपूर्वी देशहरूमा इजिप्ट, इराक, जोर्डन, कुवेत, लेबनान, ओमन, बहराइन कतार, साउदी अरेबिया र युएई पर्दछन् ।
August 23, 2019 6:40 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन