Saturday 4th May 2024

नेपाली जनसम्पर्क समिति साउदीअरब मध्यक्षेत्रिय समिति पुनर्गठन, सभापतिमा गाेपाल पंगेनि निर्विराेध चयन ।

5 years अगाडी

नेपाली जनसम्पर्क समिति साउदी अरबले समितिका सभापति दिपक रेग्मीको सभापतित्वमा मध्य क्षेत्रिय (रियाद) क्षेत्रिय समिति पुनर्गठन गरेकाे छ । समितिका संरक्षकद्दय राजु सैयद र विदुर काेइरालाकाे विशेष अथितिमा समितिकाे प्रमुख सल्लाहकार तथा गैरअावासिय नेपाली संघ मध्य पूर्व उपसंयाेजक यासमिन बेगम, बरिस्ठ उपसभापति अर्जुन थापा, प्रथम उपसभापति नमराज लामिछाने, काेषाध्याक्ष द्ववारिका राज गिरी लगायत समितका अन्य पदाधिकारीहरूकाे उपस्थित एवं अाथित्यता रहेकाे थियाे ।

कार्यक्रमलाई शुभकामना तथा मन्तव्य एवं बन्दसत्र तथा क्षेत्रिय समिति घाेषणा गरि दुईभागमा गरिएकाे थियाे । कार्यक्रम संचालनमा जसस साउदीका महामन्त्री सुरेस राज त्रिपाठिले गर्नुभएकाे थियाे । नेपाली राष्ट्रिय गानसँगै सुरु गरिएकाे कार्यक्रममा ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनेटकाे माैनधारण गर्दै कार्यक्रमलाई अगाडि बढाईएकाे थियाे ।

जसस साउदीकाे केन्द्रीय सदस्य काेपिला अधिकार द्वारा स्वागत मन्तव्य साथै प्रवक्ता अरुण बेल्वासे, प्रथम उपसभापति नमराज लामिछाने, बरिस्ठ उपसभापति अर्जुन थापा, प्रमुख सल्लाहकार यसमिन वेगम, संरक्षकद्दय विदुर काेईराला, राजु सैयद, सभापति दिपक रेग्मी सबैले जससकाे गतिविधि, जससकाे गठन, उद्देश्य र नेपाली काँग्रेसकाे मुल्य र मान्यताका विषयमा प्रष्ट पार्दै बन्दै गरेकाे पुनर्गठित क्षेत्रिय कार्य समितिलाई दिशा निर्देशन तथा शुभकामना दिनु भएकाे थियाे ।

राष्ट्रियता, समाजबाद र लाेकतन्त्रमा विस्वास र अास्था राख्ने साउदी अरबकाे रियाद र अलखर्जमा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूकाे बाक्लो उपस्थित विच निम्न पदाधिकारीहरु रहने गरि नेपाली जनसम्पर्क समिति साउदी अरबको मध्य क्षेत्र रियाद क्षेत्रिय समिति पुनर्गठन निम्न पदाधिकारीहरू रहने गरि सर्वसहमतिबाट चयन गरिएको थियाे ।

१ सभापति – गोपाल पंगेनी
२ उप-सभापती – योगा थापा
३ उप -सभापती – भुपेन्द्र थापा
४ सचिब – कृष्ण भुषाल
५ सह-सचिब – धनबिर लिम्बु
६ कोषाधक्ष्य – हरी पौडेल
७ सह-कोषाधक्ष्य – कृष्ण बस्याल
८ सदस्य – लक्ष्मण भट्ट
९ सदस्य – मनिष गुरुङ
१० सदस्य – भवानी प्रसाद ओझा
११ सदस्य – टुक प्रसाद अर्याल
१२ सदस्य – धन बहादुर तामाङ
१३ सदस्य – महेश राइ
१४ सदस्य – भिम विश्वकर्मा
१५ सदस्य – बालकृष्ण सापकोटा

          August 24, 2019 1:13 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...