रवि लामिछानेको सिधाकुरा जनतासँग कार्यक्रममाथि बन्देज
7 years अगाडी
Nepal Drishti
काठमाडौं– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् । रिहा भएसँगै उनलाई मुद्दाको किनारा नलागेसम्म यसअघि न्युज २४ टेलिभिजनबाट सञ्चालन हुँदै आएको सिधाकुरा जनतासँग कार्यक्रममाथि रोक्न आदेश दिइएको अदालतका सेरेस्तेदार रूद्रमणी गिरीले जानकारी दिएका छन् ।
जिल्ला अदालत चितवनमा थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले गरेको फैसलामा रवि र युवराज विदेश जाँदा अदालतको अनुमति लिएर जानुपर्ने आदेश जारी गरिएको छ साथै उनले चलाउँदै आएको सिधा कुरा जनतासँग कार्यक्रम समेत रोक्न आदेश दिइएको छ ।
त्यस्तै लामिछानेले सार्वजनिक कार्यक्रमसमेत गर्न नपाउने भएका छन् । अदालतको अनुमतिमा लामिछानेले यूटुब टेलिफोन वा अन्य सञ्चार माध्यमबाट शालिकराम मृत्यु प्रकरण र यस मुद्दासम्बन्धी कुनै कार्यक्रम चलाउन नपाउने गरी फैसला भएको छ ।रातोपाटी
August 26, 2019 7:19 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...