हाम्रो स्वाभिमान ट्रस्ट द्वारा छैठौ हरितालिका तिज कार्यक्रम दिल्लीमा आयोजना हुदै
सुबास बस्नेत, नयाँ दिल्ली/महिला दिदीबहिनीहरुको महान चाड हरितालिका (तिज) २०७६ को पावन अवसरमा यहि आउदो १ सेप्तेम्बर, २०१९ का दिन दिल्लीको तालकटोरा स्टेडियममा हाम्रो स्वाभिमान ट्रस्ट द्वारा छैठौ तिजी नाच-गान कार्यक्रमको आयोजना गरेको सहर्ष जानकारी गराऊदछौ । नेपाली संस्कृतिलाइ सम्मान साथै जगेर्ना गर्नको लागि ट्रस्टले प्रत्येक वर्ष हरितालिका तीज, भानु जयन्ति जस्ता नेपाली विशेस महत्वका पर्वहरुलाइ मनाउदाइ आइरहेको छ ।
प्रवासमा रहनुहुने सम्पूर्ण नेपाली महानुभावहरु बीच शुभकामना आदान-प्रदान तथा तिजी नाच-गान कार्यक्रम ट्रस्टले बिगत आधा दशक देखि आयोजन गर्दै आइरहेको छ । हाम्रो स्वाभिमान ट्रस्टले प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा संवर्धनमा अहम भूमिका खेल्दै आइरहेको हामि सबैलाइ सर्वबिदित्तै छ। ट्रस्टले अहिले सम्म विश्वकै सबैभन्दा ठूलो र भव्य तीज कार्यक्रम सम्पन्न पार्दै आएको हाम्रो स्वाभिमान ट्रस्टकि राष्ट्रिय संयोजक अनिता क्षेत्री बताउछिन ।
कार्यक्रमको यदि कहिँ कतै कसैलाइ निमन्त्रणा नपुगेको भए यसै सूचनालाइ निमन्त्रणा स्वरुप स्बिकार गरि दिल्ली तथा दिल्ली भन्दा बाहिर रहनुहुने सम्पूर्ण संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवीहरु, बुद्दिजिवि, पत्रकार लगायत आम दाजु-भाइ तथा दिदीबहिनीहरु उपस्थित भई यस कार्यक्रमलाइ भव्य र सभ्यरुपमा सफल पारिदिनुहुन् ट्रस्टकि राष्ट्रिय संयोजक अनिता क्षेत्री हार्दिक निमन्त्रणा समेत गरेकी छन्।
कार्यक्रममा पूज्य स्वामी रामदेव जी महाराज, पूज्य आचार्य बालकृष्ण जी महाराज लगायत भारत तथा नेपालीका उच्च पदाधिकारीगणको उपस्थिति रहने छ । साथै नेपाली प्रशिद्द कलाकार रामजी खाड, सुनिता दुलाल लगायत स्थानीय कलाकारको समेत बेजोड प्रस्तुति रहेने छ । यदि तपाई पनि कार्यक्रममा सहभागी बन्न चाहनुहुन्छ भने तल दिएको लिंकमा क्लिक गरि फ्री ओनलाइन रजीस्ट्रेशन गराई सिट सुरक्षिछ राख्नुहोस् www.hamroswabhiman.com/reg.
दिनाक: १ सितम्बर, २०१९
स्थान: तालकटोरा स्टेडियम, नई दिल्ली
समय: १२ बजे देखि
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन