एनआरएनए साउदी अरबको अध्यक्षमा तेज थापा
साउदी अरब / साउदी अरबस्थित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीको सातौँ अधिवेशनले तेज बहादुर थापालाई अध्यक्षमा चयन गरेको छ । आइसिसी सदस्यमा नारायण पासवान र उषा केसीको उमेद्वारी परेकाले १३ सेप्टेम्बर २०१९ मा रियाद स्थित नेपाली राजदुताबासमा निर्वाचन गरी चयन गरिने भएको छन् ।
अधिवेशनले ध्रुब कुमार रिजाल बरिष्ठ उपाध्यक्ष, बिशाल कुमार श्रेष्ठ, रोशन कुमार श्रेष्ठ, भोलानाथ पौड्याल उपाध्यक्ष, उमेश भट्टराई महासचिव, सन्तोष लुँईटेल कोषाध्यक्ष, योगेन्द्र बहादुर श्रेष्ठ सहकोषाध्यक्ष, रबिना अर्याल महिला संयोजक र राजकुमार श्रेष्ठलाई युवा संयोजकमा चयन गरेको छ ।
त्यस्तै सदस्यहरु बिष्णु पोख्ररेल, नरेन्द्र बहादुर कार्की, चन्द्रमणी भण्डारी, विष्णु प्रसाद न्यौपाने,सत्य नारायण केसी, राम बहादुर क्षेत्री, बालकृष्ण पंगेनी चयन भएका छन् । कार्यसमितिको प्रथम बैठकले मनोज बराल उपाध्यक्ष, लाल बहादुर मगर सचिव, बिष्णु प्रसाद न्यौपाने प्रबक्ता रामजतन यादव र शुक्र मोक्तानलाई सदस्यमा मनोनित गरेको छ ।
बैठकले सल्लाहकार मण्डलमा डम्मर यादव प्रमुख सल्लाहकार सहित भक्त हमाल र दिपक शाही ठकुरीलाई सल्लाहकारमा चयन गरेको छ ।
September 15, 2019 11:18 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन