Sunday 5th May 2024

एनआरएनए मध्यपूर्व उप-संयोजकमा १५ बुँदे संकल्प सहित राजेन्द्र अर्याल (जोन) को उम्मेद्वरी।

5 years अगाडी

साउदी अरब- गैरआवासीय नेपाली संघको अक्टोबर १५-१७मा काठ्माण्डौँमा हुन गईरहेको नवौँ  विश्व सम्मेलनको मिती नजिकिँदै गर्दा एनआरएनए आईसीसीको विभिन्न पदहरूमा नेतृत्वका लागि आकांक्षीहरुले आ–आफनो दावेदारी सहित उम्मेद्वारी घोषणा प्रस्तुत गरीरहेका छन्।

यसैक्रममा साउदीबाट प्रतिनिधित्व गर्दै राजेन्द्र अर्याल (जोन)ले NRNA ICC को आगामी कार्यकालका लागी मध्यपूर्व क्षेत्रिय उप-संयोजकमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन।आफ्ना १५ बुदे प्रतिबद्वता सहित १९ सेप्टेम्बर २०१९ बिहीबारका दिन एक कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा आफ्नो उमेद्वारी घोषणा गरेका हुन।

 

लामो समयदेखि साउदी अरबमा रहेर सफल ब्यबसायी तथा समाजसेवीका रुपमा आफूलाई चिनाईसकेका जोन अर्याल बर्तमान कार्यसमितीका सदस्य हुन भने उनले मध्यपूर्वकै नेपाली समाजमा छुट्टै समाजसेवीको पहिचान बनाएका छन्।

उक्त घोषणा पत्रमा अर्यालले एनआरएनएको उदेश्य प्राप्तिका लागी यो अभियानको सक्रिय सदस्यको रुपमा आफुलाई स्थापित गर्ने घोषणा गरेका छन्। त्यस्तै संस्था र आप्रवासी कामदार प्रतिको आफ्नो दायित्व निश्पक्ष तथा समभाव राख्दै आफ्नो पदिय जिम्मेवारी ईमान्दारी पूर्वक बहन गर्ने पनि उनले आफ्नो घोषणा पत्रमा उल्लेख गरेका छन।त्यसैगरी विद्यमान असंख्य संघ संस्थाहरुलाई एनआरएए सँग जोड्न पहल गर्ने तथा मध्येपूर्वमा रहेका अन्य सामाजिक संघ संस्थाहरु सँग समन्वय, सहकार्य गरी सुमधुर सम्बन्धको बिकाश गरी बर्तमान र भविश्यमा आईपर्ने समस्याहरुको सामुहिक पहलको आधारमा समाधान गर्ने प्रबृतिको बिकाशमा टेवा दिने सोही घोषणा पत्रमा उल्लेख गरेका छन।

बैदेशिक रोजगार २०६४ को परिच्छेदको दफा ३४,३५,३६,३७ मा उल्लेख गरिएको रोजगार दाताले करार अनुशारको सेवा शर्त पालना नगर्दा पाईने न्याय तथा क्षतिपूर्तिको अधिकार परिच्छेद ९ को धारा ५३ अनुसार नेपाल सरकारले तोकीदिएको सेवा शुल्क भन्दा बढि लिएमा हुने सजाय जस्ता प्रशस्त कानुन कामदारको हकमा हुँदाहुँदै पनि नेपाल सरकार, बैदेशिक रोजगार बिभागले उपरोक्त कानुनको कडाईका साथ लागु गर्न गराउन र पिडीत कामदारलाई न्याय र क्षतिपूर्ति दिलाउन सरोकारवाला हरुको गम्भिर ध्यानकार्षण गराउने तथा सो को अनुगमन गर्दै एनआरएनए लाई मजदुर मुखी बनाएर मजदुरको हक अधिकारको सुरक्षा गर्ने प्रतिबद्वता पनि उनको घोषणा पत्रमा उल्लेख गरिएको छ।

करिब २ दशक भन्दा बढि प्रवासमा रहेका अर्यालले उक्त प्रवास बसाई र एनआरएनए बाट सिकेको ज्ञान र शिक्षालाई सदुपयोग गर्दै प्रवासी नेपालीहरुको हकहितमा नेपाल सरकारका सम्बन्धित निकाय, एनआरएन तथा बिदेश स्थित कुटनितिक नियोग सँग सहकार्य गरि नेपाल र नेपालीको हकहितमा सधै लागिरहने प्रतिबद्वता पनि उनले गरेका छन।

अतिथी देवो भव:अभियानलाई गौरवशाली अभियान बनाउनको लागी मध्यपूर्व अन्तरगत हरेक एनआरएनए एनसीसीहरू संग समन्वय गरी प्रचार प्रसार एवम बिभिन्न प्रकृतिको कार्यक्रमको तर्जुमा गर्न नेपाल पर्यटन बोर्ड संग सम्बन्ध राख्दै नेपाल सरकारलाई थप टेवा पुराउने लगायतका बुदाँगत रुपमा बिभिन्न १५ बुदे प्रतिबद्वता जाहेर गरेका छन।

          September 20, 2019 4:45 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...