म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतद्वारा ८ जना पीडितहरुलाई आर्थिक सहयोग
म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले जिल्लामा विभिन्न रोगबाट ग्रसित भई पीडित भएका ८ जनालाई १ लाख ७४ हजार ४ सय नेपाली रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
म्याग्दीको बेनि बजार स्थित मोना कुवेतका उपाध्यक्ष दिपक छन्त्याल, सदस्य अमर कटवाल, सदस्य मेख घर्ती, मोना अन्तर्राष्ट्रिय कार्यसमितिका उपाध्यक्ष ओमनारायण जुग्जाली, मोना युएईका अध्यक्ष रुद्र रोका लगायतको उपस्थितिमा उक्त आर्थिक रकम हस्तान्तरण गरिएको मोना कुवेतका वरिष्ठ उपाध्यक्ष दिपक छ्न्त्यालले जानकारी गराएका छन ।
म्याग्दी जिल्ला अन्नपूर्ण गाँउपालिका – ५ स्थायी बसोबास गर्ने प्रसाद परियार लामो समय देखी घाँटिमा क्यान्सर भएको छ । मालिका गाँउपालिका – ३ स्थायी बसोबास गर्ने निल प्रसाद गुरुङ गाडी दुर्घटनामा परि गम्भिर घाइते भइ उपचारमा आर्थिक समस्या भएको छ । मालिका गाँउपालिका – ४ स्थायी बसोबास गर्दै आएका नर बहादुर किसान लामो समय देखी मृर्गौला पीडित भएका छन । बेनी नगरपालिका – ९ स्थायी बसोबास गर्दै आएका रिजन रत्न परियार लामो समय देखी ब्लड क्यान्सरबाट ग्रसित भएका छन ।
रघुगंगा गाँउपालिका – २ स्थायी बसोबास गर्दै आएका ठाकुर परियार लामो समय देखी मृर्गौलामा खराब भइ अस्पतालमा उपचाररत छन । मालिका गाँउपालिका – ३ स्थायी बसोबास गर्दै आएका मान बहादुर पटेल लामो समय देखी मृर्गौला पीडित भइ उपचाररत छन । बेनी नगरपालिका – ५ स्थायी बसोबास गर्दै आएका अमित दर्जी लामो समय देखी मृर्गौलामा खराब भइ अस्पतालमा उपचाररत छन । मंगला गाँउपालिका – ५ स्थायी बसोबास गर्दै आएका दिप बहादुर बुढा मगर लामो समय देखी मृर्गौलामा समस्या भइ अस्पतालमा उपचाररत छन ।
October 9, 2019 9:23 am | प्रवासमोना कुवेतले ८ जना पीडितको लागि २१ हजार ८ सय १७ रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ । कुवेतमा कार्यरत नेपाली लगायत विभिन्न संघ सस्थाबाट संकलन गरिएको उक्त रकम पीडितहरुलाई हस्तान्तरण गरिएको हो । रोजगारीको सिलसिलामा कुवेत आइ दुबै मिर्गौला खराब भइ आदान अस्पतालमा उपचाररत सुरेश पुन लाई पनि केही समय पश्चात् आर्थिक सहयोग गर्ने बताएको छ । मोना कुवेतले रोजगारीको सिलसिलामा कुवेत आइ अलपत्र परेका पीडितहरुको उद्धार गर्नुको साथै जिल्लामा समेत विभिन्न पीडितहरुको लागि सहयोग गर्दै आएको छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन