नि: शुल्क प्राथमिक उपचार तालिम अभियानको पाँचौ चरणमा प्रदेश २ मा
युएई-युएईका सामाजिक अभियन्ता ओम उप्रेती नि: शुल्क प्राथमिक उपचार तालिम अभियान लिएर पुनः नेपालका ८ जिल्लाहरुमा पुग्ने भएका छन् । हालसम्म नेपालका ३८ जिल्लामा सम्पन्न भैसकेको यो तालिम आगामी पुस १६ देखि प्रदेश नम्बर २ का सात जिल्ला सहित मकवानपुर जिल्लामा पनि आयोजना गरिने घोषणा गरिएको छ ।
नेपाली चलचित्रकी सदाबहार नायिका करिस्मा मानन्धर, निर्माता तथा निर्देशक विनोद मानन्धर र नायक रमेश उप्रेती युएई भ्रमणमा रहेका बेला फेसबुक लाइभ मार्फत आठ जिल्लाहरु र मिति समेत घोषणा गरेका छन् ।

भाग ५ अन्तरगत छनौट भएका जिल्लाहरुमध्ये सप्तरीमा पुस १६ गते बुधबार नि:शुल्क प्राथमिक उपचार तालिमको समुदघाटन कार्यक्रम हुनेछ । जिल्ला छनौट भए पनि सप्तरीको केन्द्रमा रहेको कुनै पनि गाउँ वा सहरमा यो तालिम आयोजना गरिने मुख्य प्रशिक्षक समेत रहेका यो अभियानका परिकल्पनाकार ओम उप्रेतीले जानकारी दिएका छन् ।
यो चरणको दोस्रो दिन सिरहामा आगामी पुस १७ बिहीबार नि:शुल्क प्राथमिक उपचार तालिम प्रदान गरिनेछ । यसैगरी धनुषामा पुस १८ गते शुक्रबार, महोत्तरीमा पुस १९, गते शनिबार, रौतहटमा पुस २० गते आइतबार, बारामा पुस २१ गते सोमबार, पर्सामा पुस २२ गते मंगलबार र अन्तिम दिन मकवानपुरको हेटौंडामा पुस २३ गते बुधबार तालिम समापन कार्यक्रम गरिनेछ ।
युएईमा सिकेको ज्ञान र सीपलाई नेपालका सबै जिल्लामा नि:शुल्क पुर्याउने लक्ष्य बोलेर २०७४ चैत १ बाट डिस्कभरी रोयल स्पोर्ट्स एलएलसीका प्रवन्ध निर्देशक ओम उप्रेतीले आफ्नो गृहजिल्ला चितवनबाट शुरु गरेको यो तालिम नेपालका ३८ जिल्लाहरुमा सम्पन्न भइसकेको छ ।
यो तालिममा १६ वटा रोग लाग्दा वा अचानक दुर्घटनामा पर्दा, हृदयाघात, बेहोस, रक्तस्राव आदि अवस्थामा बिरामीलाई केकसरी जीवनरक्षा गरी अस्पतालसम्म पुर्याउने भन्ने विसयमा आधुनिक प्रविधि सहित प्राथमिक उपचार तालिम प्रदान गरिन्छ ।
November 8, 2019 2:03 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन