तेजाव आक्रमणका पीडित मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदी अरबद्वारा आर्थिक सहयोग
साउदी अरब । गत भदौ, २० गते शुक्रबार, तेजावद्वारा आक्रमित वीरगञ्ज नगरपालिका छपकैया–२,की १५ बर्षिया मुस्कान खातुन लाई अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदी अरबले उनको थप उपचारको लागि १४ नोभेम्बर २०१९ का दिन रू. ६८,१९०/- रुपैंया ( अठसठ्ठी हजार एक सय नब्बे रुपैयाँ ) सहयोग रकम हस्तानन्तरण गरेको छ ।
वीरगंज स्थित त्रिभुवन उच्च मा.वि. कक्षा ९ मा अध्ययनरत मुस्कानलाई बिहान विद्यालय जाँदै गर्दा दुईजना स्थानिय युवकले एसिड प्रहार गर्दा अनुहारको दायाँ भाग, घाटी, छाति र हात डढेर गम्भिर घाइते भएकी र ‘नेपाल क्लेफ्ट एण्ड बर्न सेन्टर’ किर्तिपुर अस्पताल काठमाडौँमा उपचार भइरहेको खबर बिभिन्न मिडियाहरुमा आएपछि अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदी अरबले पनि पिडितको थप उपचारर्थ सहयोगको लागि आफ्नै संस्था भित्र मुस्कान सहयोगार्थ अभियान चलाउँदै सहयोग रकम संकतलित गरेको थियो ।

एसिड प्रहारले शरिरको १० प्रतिशत भाग डढेकी मुस्कान खातुनको थप उपचारका लागि राजु सैयद, रमजान बाबु, मोहम्मद जैनुल अब्दिन, चाँद मोहम्मद, मुस्ताक मदनी, समर्पण रम्जान दिन मियाँ लगायत कार्यसमितिका पदाधिकारी र अन्य सहयोगी मनकारी व्यक्तित्वहरू बाट सहयोग रकम संकलन भएको थियो।
उक्त संकलित रकम काठमाडौं स्थित मुस्कानकै कोठामा गएर साउदी प्रतिनिधि ऐनुल हक र प्रोफेसर राष्ट्रिय मानवअधिकार समिती कतारका नेपाली प्रतिनिधि तथा INMS ICC संयोजक रमजान बाबु अलिको संयुक्त टोलीले हस्तानन्तरण गरेका छन् ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन