माउण्ट एभेरेष्ट स्पोर्टिङ क्लव काठमाण्डौ-कुवेतको २०औं बार्षिकत्सव तथा ८औं अधिबेशको तयारी पुरा।
कुवेत – बिगत लामो समय देखी कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको २०औं बार्षिकत्सव तथा ८औं अधिबेश यही आउदो आगामी डिसेम्बर महिनाको २० तारिक शुक्रबार २०१९ कुबेतको फर्वानिया स्थित युनिक अडिटोरियम हलमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको क्लवका खेलकुद बिभाग प्रमुख मोहन नाछिरिङ राईले मिडिया मार्फत जानकारी दिएका छन् ।
कुवेत नगरिमा पुरानो तथा बिशेषगरी खेलकुद क्षेत्रलाइ अगाड़ी बढाउँदै बिभिन्न सामाजिक कार्यमा समेत सरिक हुदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबको आगामी अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। क्लवका अनुसार, आगामी नेतृत्व अझ सशक्त रुपमा अगाडि बढ्दै आफ्नो कार्ययोजना सफल पार्ने बताउछन।
उक्त दिनहुने कार्यक्रमा कुवेतमा क्रियाशील संघ संस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत कुबेतमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरु लाई गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेका छन्। साथै सम्पूर्ण संस्था तथा मिडियाकर्मी, समाजसेवी, बुद्धिजवी शुभ चिन्तकहरुलाई निमन्त्रणा गरि सकेको र कोहि कसैलाई कारण बस निमन्त्रणा पुग्न नसकेको भएमा यसै न्युजलाई निमन्त्रणा सम्झी गरिमामय उपस्थितिको लागि क्लब अध्यक्ष ईन्द्र प्रसाद पोखरेल उपस्थितिको लागी सम्पूर्णमा हार्दिक आग्रह गरेका छन।
कार्यक्रम: २०औं बार्षिकत्सव तथा ८औं अधिबेश
समय: बिहान ११ बजेदेखि
मिति: २० डिसेम्बर २०१९ शुक्रबार
स्थान : युनिक अडिटोरियम हल फर्वानिया
आयोजक : माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला