Monday 13th May 2024

पहिलो अन्तर्राष्ट्रिय मदन भण्डारी क्रिकेट च्यामपेंनशिप-२०१९ राजधानी दिल्ली आयोजन हुदै

4 years अगाडी

सुबास बस्नेत, नयाँ दिल्ली । पहिलो अन्तर्राष्ट्रिय मदन भण्डारी क्रिकेट च्यामपेंनशिप-२०१९ आयोजनाको पुर्वतयारिमा राजधानी दिल्ली आइतबार प्रेस मिट कार्यक्रम सम्पन्न भएको छ। तिन दिन सम्म चल्ने टि-20 क्रिकेट च्यामपेंनशिप-२०१९ यहि डीसेम्बेर १९, २० र २१, २०१९ का दिन विनय मार्ग इस्पोर्ट कंप्लेक्स, विनय मार्ग, चानक्यपुरी, नयाँ दिल्लीमा आयोजना गरिने मदन भंडारी इस्पोर्ट एकेडमी इन्डियाका प्रवास इंन्चार्ज श्री गोपाल थापाले बताएका छन् ।
मदन भण्डारी फाउंडेशन अंन्तर्गत संचालित मदन भण्डारी इस्पोर्ट एकेडमी नेपालले छिमेकि राष्ट्र भारतमा वैधानिकता पाय संगै विभिन्न क्षेत्रमा खेल आयोजना गर्दै आयको छ । खेल प्रति अभिरूची भएका तर खेल्ने वातावरण बाट बंन्चित प्रवासी खेलप्रेमी साथीहरूलाई खेलप्रति प्रोत्साहन गर्ने, नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याऊने र सहज खेल वातावरणको सिर्जना गर्ने उदेश्य र खेल र खेलाडीको लागि उच्च सम्मान भन्ने मूल नाराकासाथ मित्र राष्ट्र भारतमा मदन भंडारी इस्पोर्ट एकेडमी इन्डियाको स्थापना गरिएको हो ।

खेल र खेलाडीहरुको लागि उच्च सम्मान गर्दै आफ्नो खेल संचालनले छोटो समयमा नै धेरै उपलब्धिहरु हासिल गरीरहेको र देशमा मात्र नभएर मित्र राष्ट्रहरुसंग पनि इंडो नेपाल मैत्रीपूर्ण खेलहरु सञ्चालन हुनु पर्छ भन्ने मान्यताका साथ मदन भंडारी इस्पोर्ट एकेडमी इंडिया अधिकारिक खेल सस्थाको रुपमा स्तफित भएको हो ।

मदन भण्डारी इस्पोर्ट एकेडमी इन्डियाले इन्डो नेपाल मैत्रीपूर्ण खेल आयोजनाको पुर्व तयारी स्वरुप आफ्नो पहिलो अन्तर्राष्ट्रिय मदन भण्डारी क्रिकेट च्यामपेंनशिप-२०१९ यहि डीसेम्बेर १९, २० र २१, २०१९ का दिन सम्पन्न पार्न गइरहेको छ । प्रेस मिट कार्यक्रममा भ्रमण वर्ष-२०२० को लोगोलाइ समेत खेलाडीहरुका ड्रेस, व्यानर र पोस्टरमा समेत छपाएर बिशेस महत्वका साथ प्रचार प्रसार गरियको थियो ।

          December 16, 2019 5:47 pm | Uncategorized,प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...