झापामा साइबर सुरक्षा सम्बन्धि एकदिने सचेतना कार्यक्रम सम्पन्न
विर्तामोड / साइबर सुरक्षा सम्बन्धि एकदिने सचेतना कार्यक्रम झापा विर्तामोडको गोमेन्द्र बहुमुखी महाविद्यालयकमा आज सम्पन्न भएको छ । क्यान फेडेरेशन झापा शाखाको आयोजना, इलाका प्रहरी कार्यालय विर्तामोडको सह आयोजना तथा गोमेन्द्र बहुमुखी महाविद्यालयको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विर्तामोड प्रहरी प्रमुख मोहन प्रसाद थापाले सामाजिक सञ्जालमा हुने आपराधिक घटना र कानुनि उपचारको बारेमा सहजीकरण गरेका थिए । सोही अवसरमा क्यान झापा समिती सदस्य तथा साइबर क्राइमका प्राबिधिक विशेषज्ञ निरज अधिकारीले साइबर क्राइमका बारेमा प्रकाश पार्दै इन्टरनेटको माध्यमबाट हुने अपराध, सफ्टवेर ह्याकिङ , इमेल ह्याकिङ र त्यसबाट बच्ने उपायका विषयमा सहजीकरण गरेका थिए । थापाले फेसबुक मार्फत हुने आर्थिक अपाध, साइबर पोर्नोग्राफी, गैरकानुनी ढंगले अर्काको लेख प्रकाशित गर्ने, साइबर स्टाकिङ, जाली नोटको कारोबार, व्ल्याकमेल, यौन शोषण, बदलाको भावना र बेचविखन लगायतका विषयमा प्रहरी कार्यालयमा उजुरी आउने गरेको जानकारी दिदै त्यस्ता गतिविधी गर्नेबाट सजग रहन सुझाव दिएका थिए ।

क्यान झापाका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विर्तामोड प्रहरी प्रमुख मोहन प्रसाद थापा प्रमुख अतिथी, गोमेन्द्र बहुमुखी महाविद्यालयका क्याम्पस प्रमुख तथा संचालक डा. रुपक प्रासाद खनाल विसिस्ट अथिती, क्यान माहासंघका केन्द्रीय सदस्य भुपेन्द्र मैनाली, क्यान प्रदेश सदस्य रोशन दाहाल, क्यान झापा सचिव कृष्ण प्रसाद घिमिरे, बिर्तामोड नगरपालीका आईटी अफिसर जयराम चमलागाईको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको संचालन प्राध्यापक सेखर पाण्डेले गरेका थिए । कार्यक्रममा गोमेन्द्र बहुमुखी महाविद्यालयका विसिए तथा विविए अध्यनरत विद्यार्थी, शिक्षक लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता थियो ।
December 20, 2019 9:12 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला