कुवेतको हस्पिटलमा अचेत अवस्थामा उपचाररत नेपालिलाइ NRNA/NCC ले भेटे
दिलकुमार पाख्रीन/२३ डिसेम्बर, कुवेत। कुवेतको हस्पिटलमा एक नेपाली अचेत अवस्थामा उपचार गराइरहेका छन। विगत १७ दिनदेखी अचेत अवस्थामा उपचार गराइरहेका उनी झापा गोलधाप निवासी सुरेश् बहादुर खत्री रहेको खुलेको छ। उनका परिवार विगत लामो समयदेखी पोखरा महानगरपालिका-१६ लामाचौर कास्किमा बस्दै राइरहेका छन।
केही हिजो दिउँसो NRNA/NCC कुवेतलाइ सम्बोधन गर्दै एउटा निवेदन आइपुगेपछी आज साँझ एन आर एन टोलि बिरामी भेट्न गएका थिए। अध्यक्ष सुजन केसि, महिला संयोजक रमिता योन्जन सचिव माधाव शाही र सदस्य सजिना गुरुङको टोलिले बिरामिलाइ भेटेर फर्केका छन। बिरामीलाई भेन्टिलेशनमा राखिएको छ। बिरामी चेक जाँच गर्ने डाक्टरका अनुसार ब्रेन ह्याम्रेज भएको जानकारी अध्यक्ष सुजन केसिले दिएका छन। उनका अनुसार बिरामी अत्यन्तै सिकिस्त छन।

बिरामी खत्री झन्डै २० बर्ष देखि कुवेतमा काम गरिरहेको बुझिएको छ। बिरामिको बारेमा परिवारलाइ सम्पर्क गरि बिरामिको अवस्थाको बारेमा एन आर एन ए अध्यक्ष सुजन केसिले जानकारी दिएका छन।
December 24, 2019 11:24 am | प्रवास,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला