कुवेतमा एनआरएन कप भलिवल प्रतियोगिता- २०२० आगामी फेब्रुअरी २५ मा हुने
कुवेत – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले हाला फेब्रुअरीको छुट्टीको अबसर पारेर अागामी फेब्रुअरी २५ तारिक मंगलबारको दिन कुवेतको मिसरफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा अन्तर नेपाली भलिवल प्रतियोगिता गर्ने भएको छ भने भलिवल प्रतियोगिता आयोजना गर्नको लागि एनआरएनका युवा संयाेजक नबराज पराजुलीलाइ संयाेजकाे जिम्मेवारी दिएको छ।
एनआरएनए कुवेतले आयोजना गर्ने भलिवल प्रतियोगिताको लागि अन्तर्राष्ट्रय स्तरको कभर्ड हलको बुक गरि सकिएको छ भने इच्छुक नेपाली भलिबल टिमले प्रतियोगितामा सहभागिता जनाउन सक्ने एनआरएन कुवेतले जनाएको छ। भलिबल खेल प्रतियोगिताको लागि नेपाली बाहेक अन्य राष्ट्रका खेलाडीलाइ समावेश गराउन नपाइने जनाएको एनआरएनले स्पोर्टस सुज तथा टिम ड्रेस अनिवार्य गरेको छ।
भिआपी एरियामा कडा सुरक्षाको विच आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा सहभागी हुनको लागि सिभिल आइडीको कपी अनिवार्य गरिएको छ भने टिम दर्ता शुल्क कुवेती दिनार २१ लाग्ने एनआरएनले जनाएको छ। प्रतियोगितामा प्रथम, द्वित्तीय र तृतीय हुने टिमलाइ नगद पुरस्कार, ट्रफी र प्रमाण-पत्र प्रदान गरिने जनाएको एनआरएनले प्रथम पुरस्कारको राशी १५१ केडी, द्वित्तीय पुरस्कारको राशी १०१ केडी र तृतीय पुरस्कारको राशी ५१ केडि तय गरेको छ । प्रतियोगितामा अनुशासित टिम र उत्कृष्ट खेलाडीलाइ समेत पुरस्कृत गरिने भएको छ ।
प्रतियोगिता सम्बन्धि विवरणः
स्थानः गल्फ युनिभर्सिटीको कभर्ड हल मिसरफ कुवेत।
मितिः २५ फेब्रुअरी २०२० मंगलबार।
समयः बिहान ७ बजे देखि।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला