Saturday 20th April 2024

विर्तामोडमा साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

4 years अगाडी

विर्तामोड । कोहेड कलेज विर्तामोडमा साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । क्यान फेडेरेशन झापा शाखाको आयोजना, इलाका प्रहरी कार्यालय बिर्तामोडको सह आयोजना तथा गोमेन्द्र बहुमुखी महाविद्यालयको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहन थापाले सामाजिक सञ्जालमा हुने आपराधिक घटना र कानुनी उपचारको बारेमा सहजीकरण गरेका थिए । डिएसपी थापाले फेसबुक मार्फत हुने आर्थिक अपराध, साइबर पोर्नोग्राफी, गैरकानुनी ढंगले अर्काको लेख प्रकाशित गर्ने, साइबर स्टाकिङ, जाली नोटको कारोबार, व्ल्याकमेल, यौन शोषण, बदलाको भावना र बेचविखन लगायतका विषयमा प्रहरी कार्यालयमा उजुरी आउने गरेको जानकारी दिदै त्यस्ता गतिविधि गर्नेबाट सजग रहन सुझाव दिएका थिए ।

उक्त कार्यक्रमको दोस्रो भागमा सहजकर्ता क्यान झापा समितिका सदस्य तथा साइबर क्राइमका प्राविधिक विशेषज्ञ निरज अधिकारीले साइबर क्राइमका बारेमा प्रकाश पार्दै इन्टरनेटको माध्यमबाट हुने अपराध, सफ्टवेर ह्याकिङ , इमेल ह्याकिङ, फिसिङ्ग, भाईरस  लगायत समार्ट उपकरण, मोबाईल आदिको सुरक्षा सुचना चोरी जस्ता समस्या र त्यसबाट बच्ने उपायका विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा गोमेन्द्र बहुमुखी महाविद्यालयका प्रमुख तथा डा. रुपक खनालले कार्यक्रमको सुरुवात र औचित्यको बारेमा उपस्थितलाई जानकारी गराएका थिए भने आफुहरु पुर्वमै पहीलो प्राबिधिक कलेज भएको कारण पनि प्रबिधिको प्रयोग र यसबाट हुनसक्ने नकारात्मक प्रभाब रोक्नको लागी सदैब अग्रसर रहने बताएका थिए । कार्यक्रममा  क्यान माहासंघ झापाका सह सचिव रोशन बुढाथोकी, सदस्य चित्राङ्गद तिम्सिना, कोहेड कलेज प्रमुख, शिक्षक तथा विद्यार्थीको बाक्लो उपस्थिति रहेको थियो ।

          January 1, 2020 5:08 pm | टप,लोकप्रिय


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...