विर्तामोडमा साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
विर्तामोड । कोहेड कलेज विर्तामोडमा साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । क्यान फेडेरेशन झापा शाखाको आयोजना, इलाका प्रहरी कार्यालय बिर्तामोडको सह आयोजना तथा गोमेन्द्र बहुमुखी महाविद्यालयको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहन थापाले सामाजिक सञ्जालमा हुने आपराधिक घटना र कानुनी उपचारको बारेमा सहजीकरण गरेका थिए । डिएसपी थापाले फेसबुक मार्फत हुने आर्थिक अपराध, साइबर पोर्नोग्राफी, गैरकानुनी ढंगले अर्काको लेख प्रकाशित गर्ने, साइबर स्टाकिङ, जाली नोटको कारोबार, व्ल्याकमेल, यौन शोषण, बदलाको भावना र बेचविखन लगायतका विषयमा प्रहरी कार्यालयमा उजुरी आउने गरेको जानकारी दिदै त्यस्ता गतिविधि गर्नेबाट सजग रहन सुझाव दिएका थिए ।
उक्त कार्यक्रमको दोस्रो भागमा सहजकर्ता क्यान झापा समितिका सदस्य तथा साइबर क्राइमका प्राविधिक विशेषज्ञ निरज अधिकारीले साइबर क्राइमका बारेमा प्रकाश पार्दै इन्टरनेटको माध्यमबाट हुने अपराध, सफ्टवेर ह्याकिङ , इमेल ह्याकिङ, फिसिङ्ग, भाईरस लगायत समार्ट उपकरण, मोबाईल आदिको सुरक्षा सुचना चोरी जस्ता समस्या र त्यसबाट बच्ने उपायका विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा गोमेन्द्र बहुमुखी महाविद्यालयका प्रमुख तथा डा. रुपक खनालले कार्यक्रमको सुरुवात र औचित्यको बारेमा उपस्थितलाई जानकारी गराएका थिए भने आफुहरु पुर्वमै पहीलो प्राबिधिक कलेज भएको कारण पनि प्रबिधिको प्रयोग र यसबाट हुनसक्ने नकारात्मक प्रभाब रोक्नको लागी सदैब अग्रसर रहने बताएका थिए । कार्यक्रममा क्यान माहासंघ झापाका सह सचिव रोशन बुढाथोकी, सदस्य चित्राङ्गद तिम्सिना, कोहेड कलेज प्रमुख, शिक्षक तथा विद्यार्थीको बाक्लो उपस्थिति रहेको थियो ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला