झापाली यूवाको भ्रमण बर्ष २०२० प्रचार प्रसार मेची महाकाली यात्रा जारी
गुरु प्रसाद रेग्मी –
झापा- गत पौस १६ गते नेपालको पूर्वी सिमाना झापाको मेची पुलबाट झापाका केहि उत्साही यूवाहरुले नेपाल सरकार बाट घोषित नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसार यात्रा सुरु गरेका छन ।मेची महाकाली पर्यटन प्रवर्द्धन यात्रा नाम दिइएको उक्त यात्राको मुख्य उदेश्य आन्तरिक पर्यटन प्रवर्द्धन गर्न प्रचार प्रसार गर्नु रहेको जनाइएको छ त्यसको लागी पूर्वी नेपालका भ्रमण गर्न अत्यान्तै सुन्दर धार्मिक ,ऐतिहासिक र प्राकृतिक सौदर्यले भरिएका ब्यानर र पम्पेट सहित टोली भ्रमणमा निस्किएको छ ।
झापाका दुइ गाउपालिका बार्ह्रदशी -५ स्थित खट्खटी यूथ क्लव तथा हल्दिवारी गाउपालिका -१ स्थित सृजना युवा क्लवको आयोजना रहेको मेची महाकाली यात्राको सम्योजन खट्खटी यूथ क्लवका टिका प्रसाइले गरेका छन भने बार्ह्रदशी तथा हल्दिवारी गाउपालिकाको यात्रा सहकार्य रहेको जनाइएको छ ।

यात्राकै क्रममा बिभिन्न स्थानमा स्थानिय समाजसेवी लगायत बिभिन्न ब्याक्तीहरु ले स्वागत साथै न्यानो सत्कार गरिरहेको जानकारी भ्रमण टोलिका सदश्य नितेस ओलिले जानकारी गराए सोही क्रममा रौतहट चन्द्रपुर नगरपालिका -४ स्थित कप्तान टोल मा स्थानिय समाजसेवी केदार प्रसाद तिमल्सिनाले भ्रमण टोली लाई स्वागत सत्कार गरेका थिए त्यसै गरेर टोली चितवन पुग्दा स्थानिय THE WAY GROUP ले स्वागत गरेका थिए ।
भ्रमण टोली लाई स्वागत गर्ने क्रममा टोली बुटवल पुगेको र बुटवल मा लियो क्लव अफ तिलोतमाले भब्य स्वागत सत्कार गरेको जनाइएको छ ।

पौस १६ बाट सुरु भएको यात्रा पौस २६ गते सम्म जारी रहने जनाइएको छ भने मेची बाट सुरु गरिएको यात्रा महाकाली पुगेर समापन गर्ने भ्रमण टोलिका सम्योजक टिका प्रसाइले जानकारी गराए ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला