Friday 26th April 2024

नेपाल शैक्षिक परामर्श संघ (ECAN) झापा साखाको नयाँ नेतृत्वमा सुमन शर्मा जमरकट्टेल

4 years अगाडी

झापा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) केन्द्रीय समितिले आज प्रारम्भीक घोषणा सभाको आयोजना गर्दै झापा जिल्ला नेतृत्व चयन गरेको छ । विदेश गएर अध्ययन गर्न चाहने नेपालीहरुलाई आवश्यक परामर्श दिने उद्देश्यले खोलिएका शैक्षिक परामर्शदातृ संस्थाहरुको छाता संगठनले जिल्लास्तरमा पनि आफ्नो शाखा सञ्चालन गर्न थालेको छ ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) केन्द्रीय समितिले आज बिर्तामोडमा झापाका शैक्षिक परामर्शदातृ संस्थाका सञ्चालकहरुको भेला गरेर आफ्नो छैठौं साखाको रुपमा झापा साखाको चयन गरेको हो । नेपालमा २३ वर्षदेखि सञ्चालित इक्यानले विदेशी सहयोग लिएर शैक्षिक परामर्श सेवा प्रदान गर्नु हुँदैन भन्ने मान्यता राख्दै आएको छ । संघका अध्यक्ष विष्णुहरि पाण्डेको अध्यक्षता तथा महासचिव शेषराज भट्टराईले सञ्चालन गरेको प्रारम्भिक घोषणासभा मार्फत् जिल्ला नेतृत्व सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस…

आज सम्पन्न प्रारम्भीक घोषणा सभाबाट सुमन शर्मा जमरकट्टेलको नेतृत्वमा ९ सदस्य सहितको झापा साखाको चयन गरिएको हो । जसअनुसार नेपाल शैक्षिक परामर्श संघ झापाको अध्यक्षमा सुमन शर्मा जमरकट्टेल, उपाध्यक्षमा मिलन ओली, सचीव मदन बुढाथोकी, कोषाअध्यक्ष राजकुमार कार्की रहेका छन् । त्यस्तै सदस्यहरुमा लक्ष्मीकान्त खनाल, अशोक भण्डारी, अनिल सापकोटा, नविन कुमार शिवाकोटी र खगेन्द्र भण्डारी रहेका छन् । नवगठित सदस्यहरुलाई नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का केन्दीय अध्यक्ष बिष्णुहरि पाण्डेले आजै पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

संघका केन्दीय अध्यक्ष विष्णुहरि पाण्डेको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन महासचिव शेषराज भट्टराईले गरेका थिए । कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष पाण्डेले नयाँ नेतृत्वलाई बधाई दिंदै आउने चुनौती, सम्भावना र इक्यानले शैक्षिक क्षेत्रमा खेल्नु पर्ने भूमिकाको बारेमा समेत प्रस्ट पारेका थिए । कार्यक्रमको समापन गर्दै नव-निर्वाचित अध्यक्ष सुमन शर्मा जमरकट्टेलले आगामी दिनमा इक्यान झापाले इक्यानको गरिमालाई थप उचाईमा पुर्याउने प्रतिबद्धता जनाएका थिए ।

          January 6, 2020 8:55 pm | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...