युएईबाट वैधानिक रेमिट्यान्स गर्दा बर दुबईको फुलबारी रेस्टुरेन्टमा खाना सित्तैमा पाइने
युएई- युएईबाट वैधानिक तरिकाले रेमिट्यान्स गर्दा नेपालीहरुद्वारा संचालित फुलबारी रेस्टुरेन्टमा नेपाली खाना खान पाइने भएको छ । बर दुबईका स्तरीय नेपाली रेस्टुरेन्टमध्ये फुलबारी रेस्टुरेन्टमा मात्रै यो सुविधा पाइने रेस्टुरेन्टका संचालक ईश्वरप्रसाद उपाध्यायले बताउनुएभएको छ ।
युएईको लोकप्रिय लुलु एक्सचेञ्जबाट नेपालमा हिमालयन बैंकको हिमाल रेमिटमा पैसा पठाउदा यो सुविधा पाइने हिमाल रेमिटका युएई प्रतिनिधि रमिलराज प्रधानले जानकारी दिनुभएको छ । प्रधानका अनुसार यो कुपन बर दुबईको मिनाबजारमा रहेकोे लुलु एक्सचेञ्जबाट हिमाल रेमिटमार्फत नेपालमा पैसा पठाउँदा स्वत: पाइनेछ ।
यो अफर २०२० को १ जनवरीदेखि फेब्रुअरी १५ सम्म लुलु एक्सचेञ्जमा चल्नेछ । उक्त अवधिमा लुलु एक्सचेञ्जबाट नेपालमा रहेका आफन्तलाई हिमाल रेमिटमा पैसा पठाउँदा एक कुपन पाइनेछ र उक्त कुपन आगामी फेब्रुअरीभरि फुलबारी रेस्टुरेन्टमा स्वीकार गरिनेछ । फुलबारीका सन्चालक उपाध्यायका अनुसार उक्त कुपनको आधारमा मम, चाउमिन, नेपाली खाना सेट, थुक्पा वा सेल रोटीको सेट मध्ये एक आइटम सित्तैमा पाइनेछ ।
विश्वको विकसित सहरमा रहेको अन्तर्राष्ट्रिय स्तरको लुलु इन्टरनेसनल एक्सचेञ्जसँग सहकार्य गर्न पाउनु आफैंमा एउटा सुवर्ण अवसर भएको र आफ्नो रेस्टुरेन्टले यस अगाडि युएईको ख्यातिप्राप्त व्यावसायिक समुह अल रोस्ट्रमनी एक्सचेञ्जसँग पनि टाइअप गरी काम गरेकोले यसले व्यापार प्रवर्द्धनका साथै नेपाल, नेपाली संस्कृति झल्किने र नेपाल चिनाउने काम भएको संचालक उपाध्यायले दाबी गर्नुभएको छ । आफ्नो रेस्टुरेन्टलाई फुलबारी ब्रान्ड बनाउन चाहेको र युएईका प्रसिद्ध कम्पनीहरुसँगको सहकार्यले अझ ऊर्जा थपिएको संचालकले बताउनुभएको छ ।
हुण्डीले नेपालको अर्थतन्त्रमा नकारात्मक असर परिरहेको अवस्थामा यो कार्यले गर्दा नेपालमा धेरै भन्दा धेरै रेमिटेन्स भित्रिने र त्यसले नेपाल सरकारको अर्थतन्त्रमा वृद्धि हुने विस्वास पनि लिएको सञ्चालक उपाध्यायले बताउनुभएको छ ।
केही महिना अगाडि युएई सरकारको एक कार्यक्रममा छनौट भएर उत्कृष्ट रेस्टुरेन्टको उपाधी पाएको यो रेस्टुरेन्टले यस अगाडि पनि वैधानिक रेमिट्यान्स गर्दा नेपाली खाना सित्तैमा पाइने व्यवस्था गरेको थियो । उक्त योजनामा पनि करिब १ हजार जनालाई सित्तैमा खाना उपलब्ध गराएको संचालक उपाध्यायले बताउनुभयो ।

धादिङ स्थायी घर भएका ईश्वर उपाध्याय र लमजुङका हरिस गौलीको संयुक्त लगानीमा संचालित फुलबारी रेस्टुरेन्ट द इयर अफ टोलोरेन्स सेलिब्रेट दुबईमा फास्टफुड रेस्टुरेन्ट वर्गमा छनौट भएको संचालक ईश्वर उपाध्यायाले बताउनु भएको छ ।
फुलबारी रेस्टुरेन्टमा तयार हुने नेपाली परिकारले नेपाली संस्कृतिलाई प्रतिनिधित्व गर्दै उत्कृष्ट भएर छनौट भएको संचालक उपाध्यायले दाबी गरेका छन् । नेपाल र नेपालीहरुको प्रतिनिधित्व गर्दै दुबई पुलिसको उच्च निकायमा आफ्नो रेस्टुरेन्टका स्वादिष्ट नेपाली परिकार, नेपाली झन्डा र पोशाकमा सजिएर सहभागी भएको र उक्त प्रदर्सनीमा आफ्नो रेस्टुरेन्ट छनौट भएकोमा संचालक ईश्वर उपाध्यायले खुसी प्रकट गर्नुभएको छ ।

बरदुबईको नेपालीको सगरमाथा रेस्टुरेन्ट र फुलबारी रेस्टुरेन्टमा तयार पारिएका स्वादिष्ट नेपाली परिकार स्थानीय बासिन्दा र अन्य देशका सहभागीले मिठो मानी खाएर नेपाली खानाको इज्जत बढाएको सफल युवा व्यापारी ईश्वर उपाध्यायले बताउनुभयो ।
January 8, 2020 11:33 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला