Friday 19th April 2024

कुवेतमा सर्वप्रिय बन्दै हिमालयन हाउस रेष्टुरेन्ट एन्ड कफी

3 years अगाडी

माधब शाही –
कुवेत -कुवेतको साल्मिया स्थित एम आर जि मलको अघाढि पट्टि ओल्ड्सुकको एम्बासाडोर सुपरमार्केटको छेउमा अबस्थित हिमालयन हाउस नेपाली रेष्टुरेन्ट अहिले सबैको प्यारो बन्न पुगेको छ । कुवेतमा नेपालीहरुको संख्या बढे संगै नेपाली परिकार पाउने रेष्टुरेन्ट खोल्ने क्रम पनि बढि राखेको छ । कुवेतको साल्मिया सहर नेपालीहरुको निकै बाक्लो बस्ती भयको ठाउँ हो । नेपाली, भुटानी , फिलिपिनि , भारतीय नागरिक हरुलाइ लक्षित गरेर खोलियको हिमालयन हाउस रेष्टुरेन्ट एन्ड कफी अहिले सबैको प्यारो बन्न पुगेको छ ।यो रेष्टुरेन्ट अरु नेपाली रेष्टुरेन्ट भन्दा अलि फरक र भिन्न खालको छ ।मोमोको स्वाद लिन होस चाहे कफी पिउन होस अहिले नेपाली लगाएत अरु देशका नागरीक हरुको पहिलो रोजाइ भने हिमालयन हाउस रेष्टुरेन्ट बनेको छ । सफा तथा स्वच्छ बाताबरणमा रहेको उक्त रेष्टुरेन्टमा स्वादिष्ट परिकार हरु पाउने कारणले गर्दा सबैको प्यारो बन्न पुगेको हो । यहाँ नेपाली हरुको लागि अती मन पराउने खानामा मम, खाजा सेट , थाली सेट , थुक्पा रहेको छ ।
मम खानकै लागि भनेर फर्वानिय जिलिब ,मङगाफ लगायत टाढा – टाढा देखि नेपाली ग्राहकहरु आउने गर्दछ्न । फर्वानिया बस्ने काठमाडौं घर भएकि सम्झना बलामी र नवलपरासीकि माया तामाङ र शान्ति मोमो खान कै लागि आफुहरु फर्वानिया बाट आएको बताउँछन , उनहरु भन्छन ” सफा तथा स्वच्छ बाताबरणमा रहेको र रेष्टुरेन्टका कर्मचारी सहयोगी र नेपाली पना झल्काउने खालको सजावटीले एकै छिन भए पनि नेपाल मै भएको जस्तो आभास दिलायो ” कोरोना कहर र लक डाउनका कारणले गर्दा लामो समय सम्म नेपाल जान न पाउदा नियास्रो लागेको बेला यहाँ आएर खाएर बस्दा आफूलाई केहि समय भए पनि नियास्रो पन मेटिएको माया तामाङ बताउछिन ।आफुहरु टिक टकमा देखेर म म खान आएको सम्झना बलामीले बताइन , खाना मिठो तर अझै सुधार गर्न आवाश्यक भएको र सर्भिसको समय लाई पनि मध्यनजर गर्न सके भबिस्यमा अझै राम्रो हुन सक्ने बलामीले शुझाब समेत दिइन भने समय मिले सम्म आइराख्ने बाचा सम्म गरीन ।
यहाँको बिषेसता भनेको नेपाली स्वादमा खाजा सेट , मम , थाली सेट , सुकुटि चिउरा , थुक्पा लगायत दर्जन भन्दा बढी नेपाली परिकार हरु पाइन्छ । खानाको मूल्य पनि बजारमा चलेको अनुसार निर्धारण गरिएको छ । मम लाइ १.२५० केडी , थालीसेट १.५०० केडी , छोइला चिउरा १.५०० केडी रहेको छ । तीन जनाको सहकार्यमा खोलेको हिमालयन हाउसका संचालक हरु प्रेम गुरुङ , राम गुरुङ , नीर प्रसाद गुरुङ रहेका छन् ।
भर्खर ३ महिना देखि सन्चालनमा रहेको हिमालयन हाउस रेष्टुरेन्टका संचालक प्रेम गुरुङले बिदेशमा रहेर पनि नेपालीहरुलाई नेपाली स्वादमा खाना खुवाई सेवा गर्ने मौका मिलेकोमा निकै खुशी लाग्ने बताउछन । उनी भन्छन ” भबिष्यमा नेपालमा उत्पादित कफीको कुवैतमा व्यापार तथा पर्बर्दन गर्ने लक्ष लिएका छौँ ” । नेपाली कफि कुवेतमा लिएर ब्यापार गर्न सके नेपाल र नेपाली हरुको लागि ब्यबसायिक रुपमा राम्रो फाइदा हुने बताउछन् । नेपाल हिमालयको देश भनेर चिनीएको र नेपालमा उप्जाहुने कफी भनेको चिसो मौसम र अर्गानिक अरबिका कफी बिश्व कै उत्कृष्ट कफी मानिने भएकोले एस्लाइ गल्फमा भित्राउन सके नेपाल र नेपाली हरुको लागी फाइदा हुने उनि बताउछन् ।
करिब ७० जना भन्दा बढी बस्नसक्ने उक्त रेष्टुरेन्ट २ तलाको रहेको छ । पहिले तला कफि र चियाको लागि प्रयोगमा लिइएको छ भने दोस्रो तला खाना खानको लागि छुट्टाइएको छ । प्रबेश द्वार ढोकाको दायाँ र बायाँ कलस राखीयको छ भने नेपाली पन झल्काउने खालका तस्बिर हरु भित्तामा पेन्टिङ गरिएको छ । समधुर आवाजमा गुन्जिने नेपाली गीतले रेष्टुरेन्टको थप शोभा बढाएको छ । रेष्टुरेन्ट संचालक प्रेम गुरुङले छोटो समयमा नै सोचेको भन्दा धेरै माया गर्दियकोमा ग्राहक बर्गहरुमा आभार प्रकट गरेका छन् , आउँदा दिन हरुमा अझै राम्रो सेवा प्रदान गर्नका लागी यो बेला सबैको शुझाब , साथ , सहयोग र सल्लाह दिनुहुन संचालक गुरुङले अनुरोध समेत गरेका छन् ।
घर बाटै अर्डर गर्न चाहने हरुका लागी सिधै ६७ ६५ ७४०० मा कल गरेर अथवा तालाबात र डेलिभरो बाट अर्डर गर्न सकिने शुबिधा  रहेको छ ।
          October 21, 2020 1:32 pm | अर्थ,प्रवास,लोकप्रिय


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...