Wednesday 8th May 2024

दर्शन ठकुरी समाज कुवेतको अधिवेशन रक्तदान कार्यक्रमका साथ सम्पन्न 

3 years अगाडी

कुवेत – दर्शन ठकुरी समाज कुवेतको अधिवेशन रक्तदान कार्यक्रमका साथ सम्पन्न  भएको छ । गत शुक्रबार साल्मिया स्थित बिकास सिंह ठकुरीको निवासमा सम्पन्न चौथो अधिवेशन पश्चात समाजका सम्पुर्ण सदस्य सहित ब्लड बैंक जाबृयामा गयर रक्तदान गरेका थिए । एनबिडिको सहकार्यमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको थियोे । संस्थापक संरक्षक बिबि मल्लको सभापतित्वमामा सम्पन्न  अधिवेशनमा संस्थाका  संरक्षक , सल्लाहकार , सदस्यहरुको उपस्थित रहेको थियो ।  कार्यक्रम संचालक निबर्तमान उपाध्यक्ष माधब शाहीले गरेका थिए । “ठकुरी भाषा र संस्कृतिको संरक्षण गरौ’सम्पूर्ण ठकुरी एक ढिक्का भई अगाडि बढौं“ भन्ने मुलनाराका साथ स्थापना  भएको दर्शन ठकुरी समाज कुवेतले  नेपाली समाजमा आफ्नो छुट्टै पहिचान बनाएको छ ।

नयाँ कार्यसमिति यस प्रकार रहेको छ ।

मानार्थ संरक्षक – डम्बर जङ मल्ल , एल बि हमाल संरक्षक  – बि बि मल्ल ,बिकास सिंह ,सल्लाहकार -उदय मल्ल ,माधब शाही ,तुल्सा मल्ल ,राजेन्द्र  बम, बल बहादुर खाड ।                                   

अध्यक्ष – रुपेन बिक्रम हमाल ,प्रथम उपाध्यक्ष – निरज सिंह ठकुरी ,द्वितीय उपाध्यक्ष – बिश्नु शाही ,तिर्तिय उपाध्यक्ष – सन्तोशी शाही ,महासचिब – राज मल्ल,सचिब – गोबिन्द मल्ल ,कोषाध्यक्ष – सोनीका सिंह ,सह कोषाध्यक्ष – प्रेम सेन । सदस्यहरु- कुमार ठकुरी
,सरला शाही,  बाबू मल्ल,अनिता मल्ल, दीपेन्द्र खाड, गणेश शाही, कमल सििंह  , खेम बहादुर शाही,ज्ञानु सागर शाह, सुरज मल्ल, सत्यम मल्ल,बिजय बम,  प्रेम सेन, कृष्ण शाही, अर्जुन शाही,बिजय चन्द,  सुरज सेन,   सुरज शाह  साँस्कृतिक संयोजक – बिजय बम   साँस्कृतिक उप संयोजक – खेम शाही ,युवा संयोजक – दिपेन्द्र खाड
युवा सह संयोजक – बाबू मल्ल । नवनिर्वाचित कार्यसमिति हरुलाइ टीका तथा खादा वडायर बधाई दिदै कार्यक्रमको समापन गरीयको थियो ।

          November 21, 2020 11:08 pm | प्रवास,फोटो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...