Friday 26th April 2024

गाउँमा लेकवेशी गरेकी धना लामा जव जापानमा कलेजकैं उत्कृष्ट भएर ग्राज्युएशन भईन

3 years अगाडी

बलराम लामा, जापान । दोलखाकी धना लामा जापानिज, चाईनिज, भियतनामी लगाएतका विद्यार्थीहरूलाई पछी पारी क्याम्पसको अनुशासन, योग्यता र हाजिरमा सर्वोत्कृष्ट क्षमता प्रदर्शन गर्दै कलेज फष्ट हुन सफल भएकी छिन ।

टोक्योस्थित ओच्यानोमिजु स्कुल अफ बिजनेश आइटी अध्ययन गरेका धना लामा जापान आएको ३ बर्ष ६ महिना मात्र भएको छ ।

जापानी भाषिक स्कुलमा १८ महिना पढेर कलेज छिरेका उनले केलजमा सतप्रतिशत हाजिरी भईएकी थिईन । जापानी भाषा लेवल एन वान पास गरेकी उनी कलेजकै सबैभन्दा अनुशासित पनि थिईन । यो मात्र हैन सबैभन्दा धेरै बिषयगत योग्यता परिक्षाहरूको प्रमाणपत्र लिने विद्यार्थीमा पर्छिन धना लामा ।
उक्त कलेजमा ३ बर्ष अगाडीसम्म जापानिज विद्यार्थी मात्र पढ्ने गरिन्थ्यो । बिदेशी विद्यार्थी पनि पढाउने ब्यबस्था सुरु गरेपछि अहिलेसम्म जापानिज विद्यार्थीले मात्र मेडल जितीरहेको थियो । तर यसपाली बिदेशी विद्यार्थी नेपालकी धना लामा त्यो मेडल खोष्न सफल भएकी छिन ।

छात्रबृत्ति समेत पाएका समेत आफ्नो पोल्टामा पार्न सफल धना लामा कलेज ग्राज्युएशन सेर्मोनीको दिन मन्तब्य राख्ने बेला निकै भाबुक भएकी थिईन । बाल्यकालमा बुबासंग लेकमा गाई गोठालो जाँदा कैयौं पटक जंगलमा बास बसेको दुःखद दिनहरू सम्झिदा अहिलेको सफलताले खुशी भएको बताउने उनी जापानमा थोरै समयमा प्राप्त गरेको शिक्षक शिक्षिकाको माया र साथीसंगीको प्रेमबाट टाढिने मन नहुँदै छुट्नु पर्दा धेरै नरमाइलो लागेको बताउछिन ।

हरेक कुरामा अनुभब बिहीन उनी आफैंमा संघर्षको कथा बनेकी छिन । उमेरले २१ बर्ष भएकी उनी धेरै पढ्ने इच्छा ब्यक्त गर्छिन तर आर्थिक अभाबको कारण पढाईलाई छोडेर काम गर्ने सोचाईमा पुगेको उनी बताउछिन ।
गोठालो गर्दै गर्दा बुबाको घुँडा दुखाईको समस्याले अहिले काम गर्न नसक्ने भएका बुबाको उपचारको चिन्ता त छदै छ । यता परदेशमा कोरोनाको कारण जागिर नपाईरहेको चिन्ता पनि त्यतिकै छ र कामको खोजीमा छिन ।

उनी भन्छिन हेरौं अब परिस्थितिले साथ दियो भने जापानमैं पिएचडी गर्ने रहर पनि छ । तर आभाब नै आभाबमा छु सके पुरा गरौंला नसके यतिमै चित्त बुझाउनु पर्ने धना लामाले बताइकी छन् ।

साभार मातृसन्देश

          March 22, 2021 1:33 pm | टप,फोटो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...