Wednesday 1st May 2024

‘कृषिमा वैदेशिक लगानी भित्र्याउँदा कुन–कुन क्षेत्रमा प्राथमिकता दिने हाे, स्पष्ट हुनुपर्छ’

3 years अगाडी

काठमाण्डाै – कृषिमा वैदेशिक लगानी भित्र्याउँदा कुन–कुन क्षेत्रमा भित्र्याउने हो स्पष्ट रूपमा उल्लेख हुनुपर्ने सांसदहरूले बताएका छन् । आइतबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरूले सरकारले कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय गर्दा कुन–कुन क्षेत्रमा भित्र्याउने हो स्पष्ट पार्नुपर्ने बताएका हुन् ।

सरकारले कृषिमा विदेशी लगानी भित्र्याउने भने पनि कुन–कुन क्षेत्रमा प्राथमिकता दिने हो स्पष्ट नभएको सांसदहरूले बताएका हुन् ।

बैठकमा बोल्दै समिति सभापति विमलप्रसाद श्रीवास्तवले कृषिको कुन–कुन क्षेत्रमा विदेशी लगानी आवश्यक हो त्यसबारे स्पष्ट हुनुपर्ने बताउनुभयो । स्पष्ट रूपमा, विधागत रूपमा छुट्याउनुपर्ने समिति सभापति श्रीवास्तवले बताउनुभयो ।

सांसद अमृतादेवी अग्रहरीले नेपालको कृषिमा वैदेशिक लगानी आवश्यक रहेको बताउनुभयो । कृषिमा उत्पादन बढाइ निर्यात गर्नका लागि विदेशी लगानी आवश्यक रहेको बताउनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले कृषि उत्पादनलाई आत्मनिर्भर बनाउँदै निर्यातको चरणमा जान ठूलो लगानीको आवश्यकता पर्ने भएकाले कृषिमा विदेशी लगानीको आवश्यकता देखिएको बताउनुभयो । स्वदेशमै रोजगारी सिर्जना गर्न, उद्योगहरू स्थापना गर्नका लागि राज्यले आवश्यकता ठानेर नै कृषिमा विदेशी लगानी भित्र्याउन लागेको बताउनुभयो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव पेमनारायण कँडेलले नेपालको प्राथमिक उत्पादनलाई हानी नहुने गरी कृषिमा विदेशी लगानी भित्र्याउनुपर्ने बताउनुभयो । कृषि क्षेत्रमा लगानी गर्न निजी क्षेत्रहरू पनि आकर्षित रहेको सन्दर्भमा त्यसतर्फ पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

कृषिमा विदेशी लगानी खुला गर्ने सन्दर्भमा समितिमा सरोकारवाला निकायसँग विभिन्न चरणमा छलफल भइरहेको छ । आउँदा बैठकमा अझ विस्तृत रूपमा सम्बन्धित मन्त्रालयका मन्त्रीसहित बसेर समितिमा छलफल गरिने भएको छ ।

साभार उज्यालो |

          April 4, 2021 9:01 pm | अर्थ,राजनीति,विचार/ब्लग,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...