जोर्डनका राजकुमार भन्छन्, ‘मलाई नजरबन्दमा राखियो’
राजकुमार हम्जाह बिन हुसेनमाथि सरकारविरुद्ध षड्यन्त्र गरेको आरोप
अम्मान — जोर्डनका राजकुमारमाथि आदिवासी नेताहरू परिचालित गरेर सरकारविरुद्ध षड्यन्त्र गरेको आरोप लागेको छ । उपप्रधानमन्त्री आयमन सफरीले राजकुमार हम्जाह बिन हुसेनले ‘विदेशी शक्तिहरूसँग साँठगाँठ गरेर’ देशलाई अस्थिर बनाउन क्रियाशील रहेको आरोप लगाएका हुन् ।
यसअघि युवराज हुसेनले ‘आलोचकहरूलाई कारबाही गर्ने सिलसिलामा आफूलाई घरमै नजरबन्दमा राखिएको’ बताएका थिए । यसअघि जोर्डनको सेनाले राजकुमार हुसेन नजरबन्दमा रहेको समाचार अस्वीकार गरेको थियो ।
हुसेनले आफूमाथिका आरोप अस्वीकार गर्दै देशका नेताहरू अक्षम भएको बताएका छन् । उनका कानुन व्यवसायीले बीबीसीलाई उपलब्ध गराएको एक भिडियोमा हुसेनले देशका नेताहरूलाई भ्रष्टाचार, अक्षमता र दुव्र्यवहारको आरोप लगाएका हुन् । हुसने जोर्डनका राजा अब्दुल्लाह द्वितीयका सौतेनी भाइ हुन् ।
‘आज बिहान जोर्डनको सशस्त्र फौजका प्रमुखले भेटेर मलाई बाहिर जान नपाइने, मानिसहरूसँग संवाद तथा भेटघाट गर्न नपाइने बताए । म उपस्थित हुने बैठक वा सामाजिक सञ्जालका सूचनाले सरकार वा राजाको आलोचना भएको बताए । सरकारलाई अवरोध पुर्याउने, भ्रष्टाचार र १५ देखि २० वर्षयता हाम्रो राज्य प्रणालीमा देखिएको अक्षमताका लागि म जिम्मेवार व्यक्ति होइन,’ भिडियोमा उनले भने ।

साभार कान्तिपुर |
April 5, 2021 12:20 pm | टप,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला