Saturday 18th May 2024

प्युठान : आगलागीमा परेर दुई बालबालिकाको ज्यान गयाे

3 years अगाडी

प्युठान – प्युठानको गौमुखी गाउँपालिका ३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको ज्यान गएकाे छ ।

बुधवार बिहान नाै बजेतिर स्थानीयवासी रमेश रानाको गोठमा आगलागी हुँदा उहाँका सात वर्षीय छोरा हिमाल र तीन वर्षीया छोरी चन्द्रकलाकाे ज्यान गएकाे गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिनुभयो ।

घरमा अभिभावक नभएको बेला आगलागी भएको अध्यक्ष गिरीकाे भनाइ छ । अहिले प्रहरी घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवीप्रसाद गैरेले जानकारी दिनुभयो । साभार उज्यालो |

          April 7, 2021 5:41 pm | टप,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...