

वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गर्ने ९ युवा उद्यमी पुरस्कृत

काठमाण्डौ – वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गर्ने ९ जना युवा उद्यमीलाई नेपाल सरकारले पुरस्कृत गरेको छ ।
नौ जनामध्ये आठ जनालाई उद्यमी राष्ट्रिय पुरस्कार र एक जनालाई उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरिएको हो । सूर्या इन्डस्ट्रिज प्रालीका सञ्चालक रुपन्देहीका शिव पराजुली यो वर्षको उत्कृष्ट उद्यमी पुरस्कारबाट सम्मानित हुनुभएको छ । यस्तै रुपन्देहीकै भुदुरप्रसाद थारु, मोरङका सनोजकुमार माझी, कास्कीका भोजराज पुवाली, सुनसरीकका धनबहादुर राई, संखुवासभाका शम्भुजित राई, नवलपरासीका गोविन्दनन्द महतो, चुणामणी चौधरी र झापाका ज्ञानेन्द्र सम्वाहाम्फेलाई उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।
बिहीबार मन्त्रालयमा भएको भर्चुअल कार्यक्रममा श्रम मन्त्री गौरिशंकर चौधरी र मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले पुरस्कृत हुने उद्यमीलाई सम्मानपत्र र नगद पुरस्कार प्रदान गर्नुभएको मन्त्रालयले जनाएको छ । उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारको राशि एक लाख रुपैयाँ र उद्यमी राष्ट्रिय पुरस्कारको राशि पचास हजार रुपैयाँ रहेकाे छ ।
विदेशमा काम गरि फर्किएका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६ बमोजिम उद्यमी राष्ट्रिय पुरस्कारको लागि उद्यमी छनौट गरिएको हो । यस पुरस्कारको लागि ८५ जनाले आवेदन दिएकोमा ९ जना छनौट गरिएको मन्त्रालयले जनाएको छ । उज्यालो
May 1, 2021 1:21 am | रोचक,लोकप्रिय
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

राष्ट्रिय क्रिकेट टोलीको अभ्यास सुरु

इजिप्टको एउटा चर्चमा भएको आगलागीमा परेर कम्तीमा ४१ जनाको ज्यान गयो

प्रवासी नेपाली मञ्च कुवेतकाे तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: राजकुमार थापा

निहारिका राजपुतद्वारा राष्ट्रपति भवन अगाडि आत्मदाह प्रयास, प्रहरीले जाेगाएर अस्पताल पुर्यायाे

फाेहरकाे गाडी राेक्नु भनेकाे एम्बुलेन्स राेक्नु जस्तै हाे : मेयर साह

कुवेतमा इ – पास्पोटको लागि के-के प्रक्रिया र कागजात चाहिन्छ?

धुलिखेल अस्पतालद्वारा दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टरमार्फत टेलिमेडिसेन सेवा सुरु

चीनले ताइवान नजिक सैन्य अभ्यास जारी राख्ने

