Saturday 18th May 2024

काठमाण्डौ उपत्यकामा एकै दिन झन्डै तीन हजार जनामा कोरोना पुष्टि

3 years अगाडी

काठमाण्डाै – पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै झन्डै तीन हजार जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डाै उपत्यकामा थप दुई हजार नाै सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

केही दिनयता कोरोना भाइरस सङ्क्रमणको ‘हटस्पट’ बन्दै गएको काठमाण्डाै उपत्यकामा एकै दिन अहिलेसम्मकै धेरै सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाण्डाैमा दुई हजार चार सय चार जना, ललितपुरमा चार सय १९ जना र भक्तपुरमा एक सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लाे २४ घण्टामा देशभर पाँच हजार पाँच सय २७ सङ्क्रमित थपिँदा थप ३३ जनाले ज्यान गुमाएका छन् ।

एकैदिनमा नयाँ सङ्क्रमण पुष्टि हुनेकाे यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । उज्यालो

          May 1, 2021 1:26 am | टप,स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...