Friday 3rd May 2024

पूर्वाञ्चल विश्वविद्यालयमा प्रश्नपत्र लिक गर्ने कर्मचारीसहित ९ जना धरौटीमा रिहा

3 years अगाडी

 

मोरङ — पूर्वाञ्चल विश्वविद्यालयमा परीक्षा हुनुभन्दा अगावै प्रश्नपत्र बाहिर ल्याएको आरोपमा पक्राउ परेका एक कर्माचारीसहित ९ जनालाई धरौटीमा छाड्न जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार आदेश गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाको इजलासले धरौटीमा छाड्न आदेश गरेको हो ।

श्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयको विज्ञान तथा प्रविधि शाखामा कार्यरत विराटनगर ८ का ४४ वर्षीय कोमलप्रसाद गौतम र विश्वविद्यालयको काठमाडौंस्थित क्याफोटेक कलेजमा एम.एससी दोस्रो वर्षमा अध्ययनरत संखुवासभाको मादी नगरपालिका ६ का ३५ वर्षीय गोपाल कार्कीलाई १/१ लाख धरौटीमा छाड्ने आदेश भएको निरौलाले बताए ।प्रश्नपत्र बाहिर ल्याएको घट्नामा पक्राउ परेको १० जनामध्ये महोत्तरीको रामगोपालपुर नगरपालिका ९ का २९ वर्षीय नानीपथ मण्डललाई कोरोना संक्रमण भएकाले बयान हुन सकेको छैन । संक्रमण मुक्त भएर जिल्ला प्रशासन मोरङमा उपस्थिति भएपछि मण्डलको सम्बन्धमा न्याय निरुपण हुने जिल्ला प्रशासन कार्यालय मोरङका रमेशकुमार निरौलाले बताए ।

यस्तै, रुपन्देहीको तिलोचन नगरपालिका १२ का ३० वर्षीय विजय पोखरेललाई ८० हजार, गोरखाको भिमसेन थापा गाउँपालिका १ का मिनप्रसाद भट्ट, गण्डकी ३ का ३१ वर्षीय भरत पन्त, गोरखा नगरपालिका ४ का २६ वर्षीय विकास खड्का, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ का २८ वर्षीय निर्मल खड्कालाई ५०/५० हजार धरौटीमा छाड्ने आदेश भएको उनले बताए ।

सप्तरीको बोदेबरसाईन नगरपालिका ७ का २९ वर्षीय जीवनकुमार यादव र अग्नीसाइर कृष्णासवरन गाउँपालिका ५ घर भई भक्तपुरको लोकन्थली बस्ने २६ वर्षीय महेश यादवलाई २०/२० हजार धरौटीमा छाड्ने आदेश भएको छ । उनीहरु मंगलबार साँझ धरौटी बुझाएर गइसकेको निरौलाले बताए ।

सभार कान्तिपुर न्युज

 

          May 5, 2021 11:07 pm | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...