भारत : काेराेना सङ्क्रमणकाे तेस्राे लहरका लागि तयार रहन वैज्ञानिक सल्लाहकारकाे चेतावनी
काठमाण्डौ – भारतका केन्द्र सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार के विजयराघवनले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउने निश्चित भएकाले तयारी अवस्थामा रहन चेतावनी दिनुभएको छ । कोभिड–१९ को वर्तमान स्थितिलाई लिएर गरिएको पत्रकार सम्मेलनमा प्रमुख वैज्ञानिक सल्लाहकार विजयराघवनले कोरोनाको तेस्रो लहरका लागि तयार रहने बताउनुभएको हो ।
उहाँले अहिले भारतमा फैलिरहेको कोरोना सङ्क्रमण दरलाई हेर्दा तेस्रो लहर आउने निश्चित भएकाे बताउँदै यो कति खतरनाक र कहिले आउँछ भन्ने चाहिँ स्पष्ट नभएको बताउनुभयो । प्रमुख वैज्ञानिक सल्लाहकार विजयराघवनले तेस्रो लहरका लागि तयार रहन चेतावनी दिनुभएको हो ।
कोरोनाको नयाँ ‘भेरिएन्ट’ पनि वास्तविक ‘भेरिएन्ट’ जस्तै सङ्क्रामक रहेको बताउनुभएको छ ।
उहाँले कोरोना खोप अभियान कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ विरुद्ध पनि असरदार रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘कोरोनाको नयाँ ‘भेरिएन्ट’ भारत तथा विश्वभरि नै देखिनेछ तर जुन ‘भेरिएन्ट’ का कारण सङ्क्रमण बढिरहेको छ, त्यो भने कम हुनेछ ।’
भारत र विश्वभरका वैज्ञानिकले यस प्रकारको भेरिएन्ट्सले समयमा नै पहिचान गर्न र त्यसविरुद्ध उपाय अपनाउन प्रमुख वैज्ञानिक सल्लाहकार के विजयराघवनले सुझाव दिनुभएको छ । उज्यालो
May 5, 2021 11:17 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला