आज विश्व रेडक्रस दिवस, हेनरी ड्युनाको सम्झना गरिँदै
काठमाण्डौ – आज विश्व रेडक्रस दिवस । रेडक्रसका संस्थापक जीन हेनरी ड्युनाको सम्झनामा यो दिवस विश्वभर मनाइँदै छ ।
नेपालसहित विभिन्न देशमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले यो वर्ष भीडभाड हुने औपचारिक कार्यक्रम भने तय गरिएको छैन ।
कोरोना सङ्क्रमण भएका देशहरुमा भने औपचारिक कार्यक्रमहरु पनि हुँदै छ । नोबेल शान्ति पुरस्कारका प्रथम विजेतासमेत रहनुभएका रेडक्रसका संस्थापक ड्युनाको सन् १८२८ को मे ८ मा जन्म भएको थियो ।
उहाँको जन्म दिनको अवसरमा नै हरेक वर्ष आजकै दिन रेडक्रस दिवस मनाउन थालिएको हो । रेडक्रसको मुख्य कामहरुमा मानवताको संरक्षण र युद्धग्रस्त क्षेत्रमा घाइतेहरुको उद्धार रहेको छ । रेडक्रस १९२ भन्दा धेरै देशहरुमा रहेको छ । नेपालमा सन् १९६३ बाट नेपाल रेडक्रसको सुरुवात भएको हो । ७७ वटै जिल्लामा नेपाल रेडक्रसले आफ्नो सेवाहरु दिँदै आएको छ ।
स्वयमसेवा उन्मुख संस्था भएकाले रेडक्रसका कामहरु विद्यार्थी, युवा स्वयम्सेवी, शिक्षक, समुदायका व्यक्तिलगायतले गर्दै आएका छन् । १९९० साल, २०४५ साल र २०७२ सालमा भूकम्पको मार खेपेको नेपालमा रेडक्रसले विपद् व्यवस्थापनमा उल्लेख्य काम गरेको थियो ।
रेडक्रसले अपाङ्गता भएका, सशस्त्र द्वन्द्वताका हराएका र बेपत्ता पारिएका परिवारलाई सही सूचना प्रदान गर्ने काममासमेत सक्रिय भूमिका निर्वाह गर्दै आएको छ | उज्यालो
May 8, 2021 12:16 pm | लोकप्रिय,विचार/ब्लग
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन