Tuesday 23rd April 2024

आज विश्व रेडक्रस दिवस, हेनरी ड्युनाको सम्झना गरिँदै

3 years अगाडी

काठमाण्डौ – आज विश्व रेडक्रस दिवस । रेडक्रसका संस्थापक जीन हेनरी ड्युनाको सम्झनामा यो दिवस विश्वभर मनाइँदै छ ।

नेपालसहित विभिन्न देशमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले यो वर्ष भीडभाड हुने औपचारिक कार्यक्रम भने तय गरिएको छैन ।
कोरोना सङ्क्रमण भएका देशहरुमा भने औपचारिक कार्यक्रमहरु पनि हुँदै छ । नोबेल शान्ति पुरस्कारका प्रथम विजेतासमेत रहनुभएका रेडक्रसका संस्थापक ड्युनाको सन् १८२८ को मे ८ मा जन्म भएको थियो ।

उहाँको जन्म दिनको अवसरमा नै हरेक वर्ष आजकै दिन रेडक्रस दिवस मनाउन थालिएको हो । रेडक्रसको मुख्य कामहरुमा मानवताको संरक्षण र युद्धग्रस्त क्षेत्रमा घाइतेहरुको उद्धार रहेको छ । रेडक्रस १९२ भन्दा धेरै देशहरुमा रहेको छ । नेपालमा सन् १९६३ बाट नेपाल रेडक्रसको सुरुवात भएको हो । ७७ वटै जिल्लामा नेपाल रेडक्रसले आफ्नो सेवाहरु दिँदै आएको छ ।

स्वयमसेवा उन्मुख संस्था भएकाले रेडक्रसका कामहरु विद्यार्थी, युवा स्वयम्सेवी, शिक्षक, समुदायका व्यक्तिलगायतले गर्दै आएका छन् । १९९० साल, २०४५ साल र २०७२ सालमा भूकम्पको मार खेपेको नेपालमा रेडक्रसले विपद् व्यवस्थापनमा उल्लेख्य काम गरेको थियो ।

रेडक्रसले अपाङ्गता भएका, सशस्त्र द्वन्द्वताका हराएका र बेपत्ता पारिएका परिवारलाई सही सूचना प्रदान गर्ने काममासमेत सक्रिय भूमिका निर्वाह गर्दै आएको छ | उज्यालो

 

          May 8, 2021 12:16 pm | लोकप्रिय,विचार/ब्लग


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...