Saturday 4th May 2024

अरब सागरमा विकसित सामुद्रिक आँधीकाे प्रभाव नेपालमा पनि पर्ने सम्भावना, सचेत रहन आग्रह

3 years अगाडी

काठमाण्डाै – अरब सागरमा विकसित भएको सामुद्रिक आँधीकाे प्रभाव नेपालमा पनि पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अबको २४ घण्टासम्म यो सामुद्रिक आँधीको प्रभाव नपरे पनि त्यसपछि भने पर्न सक्ने सम्भावना देखिएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।
माैसमविद् अर्यालकाअनुसार यो आँधीको प्रभावका कारण नेपालको मध्य र पश्चिम तराईका जिल्लामा असर पर्ने अनुमान गरिएको छ । यस्तै ‘तौ ते’ नाम गरेको यो सामुद्रिक आँधीसँगै पश्चिमी वायु र न्यून चापीय प्रणालीको पनि प्रभाव पर्ने सम्भावना रहेकाले भोलि बेलुकापछि भने देशका धेरै ठाउँको मौसम बदली हुने सम्भावना रहेको छ ।
आज र भोलिको मौसम सामान्यतया सफा नै रहे पनि त्यसपछिका एक/दुई दिन धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद् अर्यालले जानकारी दिनुभयो । यो आँधीको प्रभाव र अवस्था हेरेर सूचना सार्वजनिक गर्ने मौसमविद्को तयारी छ ।
‘तौ ते’ समुद्री आँधीका कारण भारतको केरलामा दुई जनाको ज्यान गएको छ । गुजरात, महाराष्ट्र, केरलासँगै तमिलनाडुमा यो आँधीको असर पर्ने त्यहाँको मौसम विभागले जनाएको छ । यी राज्यमा उच्च सतर्कता पनि अपनाइएको छ । तमिलनाडुमा ठूलाे वर्षाको पनि अनुमान गरिएको छ ।    उज्यालो

          May 17, 2021 1:25 am | टप,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...