नेपालमा काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ६ हजार नाघ्याे
काठमाण्डाै – नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थपिएका एक सय ७७ जनासहित ज्यान गुमाउनेको सङ्ख्या ६ हजार २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा आठ हजार ६ सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २२ हजार तीन सय ५३ नमुनाको पीसीआर परीक्षण गर्दा आठ हजार चार सय सात जना र आठ सय ७३ जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय गरी आठ हजार ६ सय सात जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या चार लाख ९७ हजार ५२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा सात हजार आठ सय ९० जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ७४ हजार आठ सय ३६ पुगेको छ । अहिले नेपालमा एक लाख १६ हजार एक सय ९२ जना सक्रिय सङ्क्रमित रहेका छन् । उज्यालो
May 21, 2021 5:45 pm | समाचार,स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला