गल्ती सच्याउँदै राजासहितको प्रजातन्त्र अनुसरण गरौँ: राप्रपा नेता राणा
काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति समशेर राणाले राष्ट्रपति र प्रधानमन्त्रीको कदमप्रति आपत्ति जनाउँदै राजा सहितको प्रजातन्त्रको मोडल अनुसरण गर्नुपर्ने टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री र राष्ट्रपतिको साँठगाँठले संविधानको धज्जी उडाएको र संविधानको पूर्ण अवमुल्यन भएको उनको भनाइ छ ।
‘राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको पूर्ण अवमूल्यन भएको छ। दलभन्दा माथि रहने राष्ट्रप्रमुख, निष्पक्ष अभिभावकको रुपमा शाहवंशीय राजसंस्थाको अपरिहार्यता पुनःपुष्टि गरेको छ,’ राणाले भनेका छन् ।
‘प्रजातन्त्रमा चुनाव अपरिहार्य अभ्यास हो। यद्यपि संविधानको धज्जी उडाएर, चुनावको नाममा महामारी र आर्थिक संकटबीच जनताको ज्यान चरम जोखिममा धकेल्नु बहुलठ्ठिपन हो’ उनले भने ।
राणाले विश्वमा राजासहितका सफल प्रजातान्त्रिक मुलुकको अनुसरण गरेर नेपालमा पनि सोही अनुरुपको शासन व्यवस्था लागू गर्नुपर्ने बताएका छन् । विगतको गल्ती सच्याउँदै राजासहितको प्रजातन्त्र स्थापना गर्नुपर्ने उनको तर्क छ ।
उनले भनेका छन् ‘विश्वका सफल अभ्यास अनुकूल राजासहितको प्रजातन्त्र अनुसरण गरेर गल्ती सच्याउनुको विकल्प छैन।’
कसैको कुर्सी जोगाउन नेपाली जनताको रोग, भोक, शोकमा आँखा चिम्लिनु अमानवीयताको पराकाष्ठा भएको भन्दै राणाले प्रधानमन्त्री र राष्ट्रपतिको कदमको विरोध गरे ।
May 23, 2021 12:05 pm | टप,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला