स्वीकृति नलिइ बेच्न राखिएका स्यानिटाइजर प्रशासनद्वारा बरामद
5 years अगाडी
manoj Thapa
पाल्पा – जिल्ला प्रशासन कार्यालय, पाल्पाले औषधि व्यवस्था विभागबाट स्वीकृति नलिइ बिक्रीका लागि राखिएका ह्याण्ड स्यानिटाइजर बरामद गरेको छ । सदरमुकाम तानसेनमा रहेका औषधि पसल तथा स्टोरमा आकस्मिक अनुगमन गर्दा अनुमति बिनाका ७५ लिटर भन्दा बढी ह्याण्ड स्यानिटाइजर बरामद गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
स्वीकृति नलिएका ह्याण्ड स्यानिटाइजर गुणस्तरहीन र हानिकारक हुन सक्ने भएकाले जफत गरिएको प्रशासनको भनाइ छ । औषधि व्यवस्था विभागले स्वीकृति दिएका ६१ वटा बाहेक अन्य कम्पनीका समेत स्यानिटाइजर बिक्रीका लागी राखिएको पाइएकाे प्रशासनले जनाएकाे छ ।
यसरी विभागबाट स्वीकृत नभएका स्यानिटाइजर बिक्री नगर्न सचेत गराएकाे छ । उपभाेक्तालाई पनि स्वीकृति प्राप्त स्यानिटाइजर मात्रै प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ ।उज्यालो
June 5, 2021 9:32 pm | समाचार,स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
Loading...