Friday 3rd December 2021

विदेशमा बस्ने नेपालीहरु द्वारा दाङ देउखुरीका २ ओटा अस्पताललाइ सहयोग

6 months अगाडी

निरन्जन थापा, जुना १५, क्यानडा।  देउखुरीमा रहेका २ वटा अस्पताललाई क्यानडा, अमेरिका, अस्ट्रेलिया, लगायत अन्य देशमा बस्दैआएका नेपालीहरुले अक्सिजन कन्सनेट्रेटर र सर्जिकल बेड सहयोग गरेको छन । लमही नगरपालिका वडा नम्बर ५का स्थाइ निवासी हाल क्यानडामा बस्दै आएका नेपाली जनसम्पर्क समिति क्यानडाका पुर्ब महामन्त्री निरन्जन थापाको आयोजनामा गरिएको गो-फन्ड कार्यक्रम मार्फत आफू , सन्जिब शर्मा , सिबु भट्टराई , महिला चौतारी क्यानडा , दिपेन्द्र चौधरी , भाबेश जिसी, सोनम थापा लगाएत, देश बिदेशमा रहेका अन्य साथीहरु मार्फत आर्थिक संकलन गरि रु २,६०००० अक्षरुपि ( दुई लाख साठी हजार ) बराबरको सामाग्री सहयोग गरेका छौँ ।

स्वास्थ्य सामाग्रीहरु लमही अस्पतालमा अक्सिजन कन्सनेट्रेटर २ थान , सर्जिकल बेड २ थान लमही नगरपालिका प्रमुख कुल बहादुर केसि , उप प्रमुख देबका बेल्बासे र लमही अस्पतालका मे.सु रन्जिता महतोलाई तेसैगरि सिसहनिया स्वास्थ्य चौकिका लागि १ थान अक्सिजन कन्सनेट्रेटर राप्ती गाउपालिका वडा नम्बर ५ का अध्यक्ष गोबर्धन रावत र डा.रेगन सिंह थापा लाई थापाका बुवा नरेन्द्र बहादुर थापा , लमही अस्पताल ब्यबस्थापन समितिको सदस्यआमा पार्बती देबि थापा , युबा व्यावसायि तथा नेपाल तरुण दल राप्ती गाउपालिकाका अध्यक्ष आशिष पौडेलले हस्तान्तरण गरेका हुन ।

साभार शिभराज खनाल/ जेष्ठ ३१, दाङ।

          June 15, 2021 11:26 pm | टप,समाचार,समाज,सुचना,स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...