सप्तरीमा ३ सय घर डुबानमा : सप्तकोशीमा पानीको बहाव २ लाख क्युसिक
सप्तरी – सप्तकोशीका सहायक नदीहरुका आसपासका पहाडी क्षेत्रमा लगातारको वर्षाले गर्दा सप्तकोशी ब्यारेजमा पूर्व पश्चिम दुवैतिर खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।निरन्तरको वर्षाको कारण पानीको बहाव शनिबार मापन अनुसार २ लाख ३१ हजार ५ सय १५ क्युसिक पानीको बहाव पुगेको छ भने ५६ वटा ढोका मध्ये २९ वटा ढोका खोलिएको छ । लगातार पानीको बहाव बढ्दै रहेको छ । तटबन्ध क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।
सप्तकोशीमा पानीको बहाव उच्च हुँदै गएपछि सप्तरीको गोबरगाढा बस्ती जोखिममा परेको छ । गोबरगाढा सप्तकोसी नदीको बीचमा रहेको हनुमाननगर कंकालिनी नगरपालिका १३ मा रहेको एक बस्ती हो । हनुमाननगर कंकालिनी नगरपालिकामा सप्तकोशी नदीको सिपेजको पानी र वर्षाको पानीको निकास नहुँदा ९, १०, ११ र १२ नम्बर वडाका करिब ३ सय घर डुबानमा परेका छन ।
यसै गरी सप्तरीको सप्तकोशी नगरपालिकाको केही वडाहरु डुबान हुदाँ करिब २ सय घरहरु डुबेका छन । उज्यालो
July 3, 2021 7:00 pm | फोटो,समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने