Monday 25th October 2021

केपी ओलीले बालुवाटार छाड्दा… (तस्बिरहरू)

3 months अगाडी

काठमाण्डाै – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार आज (बुधवार) छाड्नुभएकाे छ । बिहान ११ बजेपछि उहाँले बालुवाटारमा रहेको सरकारी निवासबाट निजी निवास बालकोट जानुभएकाे हाे ।ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता/कार्यकर्ताले स्कर्टिङ र स्वागत गर्दै बालुवाटार लगेका हुन् ।

सयौँँ मोटरसाइकल र गाडीले स्कर्टिङ र स्वागत गर्दै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म नागरिक अभिनन्दन गरिएकाे एमाले नेता महेश बस्नेतले बताउनुभएको छ । प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएसँगै ओली निजी निवासमा सर्न भएको हो ।

बालुवाटार छोड्नुअघि हिजो (मङ्गलवार) ओलीले देशवासीका नाममा सम्बोधन गर्नुभएको थियो । गएको सोमवार सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो ।

साभार -उज्यालो अनलाइन बाट

          July 14, 2021 3:30 pm | टप,फोटो,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...