

सन् २०२० मा विश्वका दुई करोड ३० लाखभन्दा धेरै बालबालिका आधारभूत खोपबाट वञ्चित

काठमाण्डाै – सन् २०२० मा विश्वका दुई करोड ३० लाखभन्दा धेरै बालबालिका आधारभूत खोपबाट वञ्चित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ । यो सङ्ख्या २०१९ मा खोप नपाउने बालबालिकाकाे भन्दा ३७ लाख धेरै हो भने सन् २००९ पछिको सबैभन्दा धेरै हो ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र संयुक्त राष्ट्र सङ्घीय बाल कोष (युनिसेफ) ले संयुक्त रूपमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२० मा एक करोड ७० लाखभन्दा धेरै बालबालिकाले एउटा पनि खोप पाएका छैनन् । खोप नपाउने धेरैजसो बालबालिका द्वन्द्वबाट ग्रस्त समुदाय, दुर्गम क्षेत्र, अनौपचारिक वा सुकुम्वासी बस्ती जस्ता ठाउँमा बस्ने रहेका छन् । उनीहरू आधारभूत स्वास्थ्य तथा सामाजिक सेवाबाट समेत वञ्चित रहेका प्रतिवेदनमा उल्लेख छ ।
डब्ल्यूएचओका महानिर्देशक डा.टेड्रोस अदहानोम गेब्रेयससले कोरोनाविरुद्धको खोपको चर्चा भइरहेको बेला अरू खोपबाट निकै पछाडि पर्न थालेको बताउनुभयो । बालबालिकाले खोप नपाएमा दादुरा, पोलियो, मेनिन्जाइटिस जस्ता रोग बढ्न गइ कोरोनाविरुद्ध लडिरहेको स्वास्थ्य प्रणाली नै जोखिममा पर्ने भन्दै उहाँले बालबालिकालाई आधारभूत खोप पुर्याउन सबै जुट्नुपर्ने बताउनुभयो ।
युनिसेफका कार्यकारी निर्देशक हेनरियट्टा फोरले खोपबारेको पछिल्लो तथ्याङ्क स्वास्थ्यका लागि स्पष्ट चेतावनी भएको भन्दै बालबालिका बचाउन पर्याप्त ध्यान दिनुपर्ने बताउनुभयो । उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

देउवासँग कोइरालाले मागे ओलीलाई प्रधानमन्त्री बनाउनुको चित्तबुझ्दो जवाफ

साँझबिहान इँटा सुकाउन ओल्टाइपल्टाइ गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्: डाक्टर बन्ने चाहना छ

निर्वाचन समितिद्वारा एनसीसी कुवेतको नवाैं अधिवेशनका लागि आचारसंहिता र निर्वाचन कार्यतालिका सार्वजनिक

कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो ११ जुलाई २०२५ शुक्रवारको दिन छैटौं महाअधिवेशन कार्यक्रम गर्ने भएको छ ।

माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कारबाट पत्रकार शुरेस गुरुङ सम्मानित

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको १६ औ स्थापना दिवश एवम श्रमिक सचेतना कार्यक्रमको सम्पूर्ण तयारी।

इरानमा सत्ता परिवर्तन हुन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको टिप्पणी

भारतको उत्तराखण्डमा बन्धक ३५ जना नेपालीको उद्धार

