Wednesday 24th April 2024

चीनबाट आइपुग्याे आठ लाख मात्रा खोप

3 years अगाडी

काठमाण्डाै – छिमेकी देश चीनबाट आज बिहीवार बेलुकी कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ आठ लाख मात्रा (डाेज) प्राप्त भएको छ ।
चीनसँग खरिद गरिएको खोप नेपाल वायु सेवा निगमको वाइडबडी जहाजबाट आज ल्याइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । आज आएको खोप टेकुमा रहेकाे स्वास्थ्य सेवा विभागको चिस्यान केन्द्रमा राखी देशभरि पठाइने उहाँले बताउनुभयो ।
सहप्रवक्ता अधिकारीले निगमको नियमित उडानमार्फत लगातार चार दिनसम्म खोप चीनबाट आउने जानकारी दिनुभयो । यही साउन १५ गतेसम्म ३२ लाख मात्रा खोप नेपाल आउने मन्त्रालयले जनाएको छ । अहिलेसम्म ७३ लाख ८२ हजार आठ सय ५० मात्रा खोप आइसकेको छ । उज्यालो

          July 22, 2021 8:09 pm | समाचार,सुचना,स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...