अघिल्लो सरकारजस्तै ‘गफाडी’ नबन्न नयाँ सरकारलाई सुझाव
काठमाण्डाै – प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ । संसद् भवन नयाँ बानेश्वरमा चलिरहेको बैठकमा विभिन्न दलका सांसदले समसामयिक विषय र आफ्नो निर्वाचन क्षेत्रसँग सम्बन्धित भनाइ राखिरहेका छन् ।
बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारको परीक्षा सुरु भइसकेको भन्दै अघिल्लो सरकार जस्तो बालुवाटारबाट बादर्लीमा सीमित हुने गरी विकृत काम गर्न नहुने बताउनुभयो ।
सांसद थापाले संसद्लाई हेप्ने, अदालतलाई हप्काउने, विधि र विज्ञानलाई नपत्याउने, पालिका र प्रदेश सरकारलाई पङ्गु बनाउने, नजिकका मान्छेलाई मात्रै पोस्ने, बाहिर सिंहजस्तो गर्जने, भित्र लम्पसार पर्ने जस्ता गलत कर्मका कारण केपी शर्मा ओली नेतृत्वको सरकार बालुवाटारबाट बालकोटको बार्दलीमा पुगेको बताउनुभयो । उहाँले यो सरकारले संसदको सम्मान गर्दै संसदको निर्देशन अनुसार काम गर्नुपर्ने बताउनुभयो ।
बैठकमा जुम्लाका सांसद गजेन्द्रबहादुर महतले एउटा गफाडी सरकार हटाएर अर्को गफाडी सरकार ल्याएको आभास हुन थालेको भन्दै गफ कम र काम धेरै गर्न सुझाव दिनुभएको छ । कर्णालीमा पैसा तिरेर बिजुली बाल्छु भन्दा पनि बिजुली नपाउने तर काठमाण्डौमा बसेर ऊर्जा मन्त्रीले निःशुल्क बिजुली दिन्छु भनेकोमा उहाँले आपत्ति जनाउनुभयो ।
यस्तै सांसद गङ्गा चौधरीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद्को अन्तर्राष्ट्रिय समितिमा अर्का सांसद नारदमुनि रानालाई दुर्व्यवहार गरेर अधिनायकवादी चरित्र देखाएको भन्दै विरोध जनाउनुभएको छ ।
कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले व्यापारी पृष्ठभूमिका सांसदलाई मन्त्री बनाउँदा विरोध भएको भन्दै मन्त्रीको मापदण्डबारे कानुन बनाउन माग गर्नुभएको छ । उज्यालो
July 27, 2021 4:52 pm | राजनीति,समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता