डोलेश्वर महादेवको मन्दिरमा हास्य कलाकार मनोज गजुरेलको विवाह
5 years अगाडी
manoj Thapa
काठमाण्डाै – हास्य कलाकार मनोज गजुरेलले विवाह गर्नु भएको छ । उहाँले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग आज विवाह गर्नु भएको हो । उहाँले सामाजिक सञ्जालमार्फत आफूहरुले विवाह गरेको जानकारी गराउनु भएको छ ।

बिहान डोलेश्वर महादेवको मन्दिरमा विवाह गरेको उहाँले बताउनु भएको छ । उहाँले लेख्नु भएको छ –‘एकैखालको परिवेश र उस्तै खालको भोगाइबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौँ।’

कलाकार गजुरेलले मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेको भन्दै आफूहरुलाई शुभकामना र आशीर्वाद दिनेहरुलाई धन्यवाद भन्नु भएको छ ।
यस्तै, उहाँले आफ्नो निजी जीवनबारे कपोकल्पित समाचार नबनाउन पनि सञ्चारमाध्यमलाई आग्रह गर्नु भएको छ । यसअघि मीना ढकालसित विवाह गरेका गजुरेलको सम्बन्धविच्छेद भएको थियो । साभार उज्यालो
October 11, 2021 3:58 pm | रोचक,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
Loading...