Sunday 31st May 2026

ट्विटर सर्वेक्षणपछि एलन मस्कले बेचे टेस्लाको शेयर

5 years अगाडी

काठमाण्डाै – संसारका सबैभन्दा धनी व्यक्ति एलन मस्कले विद्युतीय कार कम्पनी टेस्लाको पाँच अर्ब अमेरिकी डलर बराबरको शेयर बेचेका छन् । ट्वीटरमा आफ्ना ६ करोड ३० लाख फलोअरसँग टेस्लाको १० प्रतिशत शेयर बेच्ने विषयमा गरेको सर्वेक्षणको परिणामलाई मान्दै त्यसको चार दिनपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले यस्तो गरेका हुन् ।

मस्कले शेयर बेच्नुपर्नेमा धेरैले मत दिएको दुई दिनमा टेस्लाको शेयर मूल्य झन्डै १६ प्रतिशतले घटेको थियो । हिजो बुधवार भने कम्पनीको शेयर मूल्यमा केही सुधार भएको छ ।टेस्ला संसारको सबैभन्दा समृद्ध कार कम्पनी हो, जसको बजार मूल्याङ्कन एक खर्ब अमेरिकी डलर बराबरको छ ।

मस्कको ट्रस्टले चार अर्ब अमेरिकी डलर बराबरको ३६ लाख शेयर बचेको छ । मस्कले थप नौ लाख ३४ हजार शेयर पनि बेचेका अमेरिकी निकायको प्रतिवेदनमा भनिएको छ ।

गएको शनिवार मस्कले ट्विटरमा एक सर्वेक्षण गर्दै कर चुकाउनका लागि टेस्लाको शेयर बेचौँ कि नबेचौँ भनेर सोधेका थिए । त्यो सर्वेक्षणमा ३५ लाखभन्दा धेरैले मत दिँदा ५८ प्रतिशतले शेअर बेच्नुपर्छ भनेका थिए । यही सर्वेक्षणको परिणाम स्वीकार गर्दै एलन मस्कले टेस्लाको शेयर बेचेका हुन् ।  उज्यालो

 

          November 11, 2021 3:04 pm | समाचार,सुचना


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...