Friday 29th March 2024

सप्तरीको छिन्नमस्ता गाउँपालिकाका सबै सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द

2 years अगाडी

सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिकाका सबै सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् । गाउँपालिकाविरुद्ध आन्दोलनरत कर्मचारीहरूको समर्थन गर्दै शिक्षकहरू पनि आन्दोलित भएपछि विद्यालय बन्द भएका हुन् ।

सबै सामुदायिक विद्यालयका विद्यार्थीका लागि तत्काल पाठ्यपुस्तकसहित अन्य निकासहरू अविलम्व व्यवस्था हुनुपर्ने, सबै विषयगत शाखा/उपशाखा, वडा कार्यालय, स्वास्थ्य संस्था लगायत गाउँपालिका कार्यालयका लागि चाहिने आवश्यक सामग्री उपलब्ध हुनुपर्ने लगायत ६ बुँदे माग राखी कर्मचारीहरू आन्दोलित भएका छन् । त्यही आन्दोलनको समर्थनमा शिक्षकहरू आन्दोलित हुँदा पठनपाठन प्रभावित भएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत दीपक मेहताले बताउनुभयो  ।

गाउँपालिकामा १९ वटा सामुदायिक विद्यालयमा झन्डै पाँच हजार विद्यार्थी अध्ययनरत छन् । साभार उज्यालो

          November 19, 2021 9:10 pm | समाचार,सुचना


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...