दक्षिण अस्ट्रेलियामा आज झन्डै ६० वर्षयताकै धेरै तापक्रम मापन
दक्षिण अस्ट्रेलियामा आज बिहीवार झन्डै ६० वर्षयताकै धेरै तापक्रम मापन भएको छ । आज मार्डी र रोबनमा ५० दशमलव ७ डिग्री सेल्सियस तापक्रम मापन भएको बीबीसीले जनाएको छ ।
योभन्दा अगाडि सन् १९६२ मा पनि त्यहाँ ५० दशमलव ७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । पानी नपरेर तातो हावा फैलिएकाले मार्डी र रोबन सहरमा बढी तापक्रम मापन गरिएको हो ।
तापक्रम बढेपछि मानिसहरूलाई घरभित्रै बस्न भनिएको छ । बाहिर निस्कन परेमा सितल छायामा बस्न र सितल झोलिलो पदार्थ खानका लागि भनिएको छ । अस्ट्रेलियाको विभिन्न ठाउँमा डढेलो फैलनुका साथै जलवायु परिवर्तनको असरका कारण गर्मी बढेको विज्ञले बताएका छन् ।
अहिले पनि मारगेट नदी आसपासको ६ हजार हेक्टर क्षेत्रफलमा रहेको जङ्गलमा डढेलो लागिरहेको छ । त्यस आसपास क्षेत्रमा पानी कम मात्रै पर्ने गरेको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार अस्ट्रेलियाको अहिलेको औसत तापक्रम ३६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । जलवायु परिवर्तनका कारण अस्ट्रेलियामा एक दशमलव दुई डिग्री सेल्सियसका दरले तापक्रम बढ्दै गएको विज्ञले बताएका छन् । उज्यालो
January 13, 2022 9:59 pm | रोचक,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला